यू-१९ एसिया कपमा क्रिकेटमा नेपालको पहिलो खेल पाकिस्तानसँग खेल्ने

<span class='c1'>यू-१९ एसिया कपमा क्रिकेटमा नेपालको</span> <span class='c2'>पहिलो खेल पाकिस्तानसँग खेल्ने</span>

विराटनगर । एसीसी यू–१९ एसिया कपमा नेपालले पाकिस्तानसँग आफ्नो पहिलो खेल खेल्ने भएको छ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल मंसिर २२ गते पाकिस्तानसँग खेल्ने भएको हो। एसिया कपको उद्घाटन खेलमा भने भारत र अफगानिस्तान खेल्ने भएका छन् । नेपाल रहेको समूह 'ए' मा भारत, पाकिस्तान र अफगानिस्तान छन्। समूह 'बी' मा बंगलादेश, श्रीलंका, यूएई र जापान छन्।

एसिया कपको पहिलो खेलमा मंसिर २२ गते नेपाल र पाकिस्तानबीचको खेल हुने छ । सोही दिन भारतले अफगानिस्तानसग खेल्ने छ।

नेपालले दोस्रो खेल मंसिर २४ गते अफगानिस्तान र समूह चरणको अन्तिम खेलमा भारतसँग २६ गते खेल्ने तालिका रहेको छ।

समूहका शीर्ष २ टोलीले एसिया कपको सेमिफाइनलमा स्थान बनाउनेछ।

मंसिर २९ गते सेमिफाइनलको खेल हुनेछ। भने पुस १ गते फाइनल खेल हुने तालिका रहेको छ।

एसिया कप यसअघि पाकिस्तानमा हुने भनिए पनि भारत जान नमानेपछि संयुक्त अरब इमिरेन्ट्स (यूएई) मा हुन लागेको हो।

नेपालले मलेसियामा सम्पन्न एसीसी यू १९ प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा स्थान बनाएको थियो। प्रिमियर कपबाट यूएई र जापानले पनि स्थान बनाएका थिए। यी दुवै टोली समूह 'बी' मा छन्।

एसिया कपपछि नेपालले आगामी जनवरी-फेब्रुअरीमा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्नेछ। यू–१९ विश्वकपमा नेपाल रहेको समूहमा न्यूजिल्यान्ड, अफगानिस्तान र पाकिस्तान रहेका छन्।

तस्बिर : क्यान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्