जोगवनीबाट लुईकाईछिपाई ल्याएका प्रतिबन्धित पटका खाल्डो खनेर नष्ट

<span class='c1'>जोगवनीबाट लुईकाईछिपाई ल्याएका प्रतिबन्धित</span> <span class='c2'>पटका खाल्डो खनेर नष्ट</span>

विराटनगर । भारतबाट लुकाईछिपाई ल्याएको प्रतिबन्धित पटका जन्य वस्तु प्रहरीले खाल्डो खनेर नष्ट गरेको छ । विभिन्न समयमा जिल्ला प्रहरी कार्यलय मोरङले नियन्त्रण गरेको पटका बुधबार खाल्डो खनेर नष्ट गरेको हो ।


रानी नाका हुदै अवैध रुपमा विराटनगर भित्राइएका पटका प्रहरीले नियन्त्रणमा लिने गरेको छ । प्रहरीले कोब्रा नागिन ३५ सय प्याकेट, झिरझिरे ३५० प्याकेट नष्ट गरेको छ ।

जिल्ला प्र्रहरी कार्यलय भित्र परीसरमा खाल्डोमा पानी हालेर उक्त वस्तु नष्ट गरीएको हो । पटका जन्य वस्तु हरेक वर्ष चाडपर्व लक्षित अवैध रुपमा नेपाल भित्रने गरेको छ । पटका जन्य वस्तुले स्वास्थ्य , वातावरण र धनजनमा क्षति गर्छ । नेपालमा पटका जन्य बस्तु पटड्काउन प्रतिबन्ध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्