विराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

<span class='c1'>विराटनगरबाट लागुऔषधसहित दुई</span> <span class='c2'>जना पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका पैदल यात्री मोरङको केराबारी गाउँपालिका-६ का ३२ बर्षीय भक्त बहादुर तामाङको साथबाट ११ मिलिग्राम ब्राउनसुगर र लेटाङ् नगरपालिका-३ का २८ बर्षीय कुमार लिम्बुको साथबाट डाइजोपाम, लुपिजेशिक, एभिल र फेनारागन समेत गरी २० एम्पुल प्रतिबन्धित औषधी बरामद गरेको हो ।

प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका दुबै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्