मंसिर ७ : दुर्गा प्रसाई भर्सेस महेश बस्नेत

<span class='c1'>मंसिर ७ : दुर्गा</span> <span class='c2'>प्रसाई भर्सेस महेश बस्नेत</span>

विराटनगर । कुनै समय प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंक रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाई केही समयपछि प्रधानमन्त्री दाहाललाई चटक्कै भुलेर पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तिगान गाउन भ्याउथिए । कहिले माओवादी समर्थक त कहिले एमाले समर्थक हुने प्रसाई यतिबेला भने संघीयता मासेर राजतन्त्र ल्याउनुपर्ने अभिव्यक्ति दिँदै हिँडिरहेका छन् ।

प्रसाईको यस्ता खालका अभिव्यक्तिका कारण पुराना भनिएका सबै दलहरुको टाउको दुखाईको विषय बनेको छ । राजतन्त्र फाल्न लामो संघर्ष गरेका पुराना दलहरुले देशको राजनीतिक, आर्थिक साथै समाजिक अवस्था नै जीर्ण पार्दै गएको र जनताको अपेक्षा अनुसार दलहरुले सम्बोधन गर्नु नसकेका कारण जनतामा गणतन्त्र प्रति नै नकारात्मकता बढ्दै गएको र निरासापन बढिरहेको छ ।
जनतामा देखिएको निराशापन प्रति र नेतृत्वहरु प्रति आक्रोशको ज्वाला दन्किरहेका अवस्थालाई फाइदा उठाँउदै प्रसाई अहिले व्यवस्था माथिनै विविध अभिव्यक्ति दिँदै आइरहेका छन् । त्यसो त अहिले उनले सडक संघर्ष नै सुरु गरेका छन् । सोही क्रमममा आगामी मंसिर ७ गते व्यवसायी प्रसाईकै अगुवाईमा काठमाडौंमा देशभरबाट संघीयता विरोधीहरु भेला हुने भएका छन् ।

महेश बस्नेत र दुर्गा प्रसाईको कार्यक्रम एकैदिन

प्रसाईको काठमाडौंमा हुने अभियानले यतिबेला सामाजिक सञ्जाल मात्रै होइन, चिया गफमा पनि छलफलको विषय गजबै बनेको छ । सबैमा एउटै प्रश्न छ मंसिर ७ गते काठमाडौंमा के होला ? कार्यक्रममा झडप हुने सम्भावना पनि देखिएको धेरैको आंकलन छ । किनभने सोही दिन एमालेको युवा संघले माइतीघर मण्डलामा महंगीविरुद्धको आन्दोलनको आयोजना गरेको छ । केही दिन अगाडी देखिनै युवा संघ र प्रसाई पक्षबीच भईरहेको टसलका कारण कार्यक्रम स्थलमा झडप हुने हो की भन्ने आशंकाले सरकार र सुरक्षा निकायले शान्तिसुरक्षाका विषयमा सजकता अपनाइरहेका छन् । त्यसो त पछिल्लो समय प्रसाईको अभिव्यक्ति र गतिविधि रोक्न एमालेले कारबाही गर्न प्रधानमन्त्री समक्ष माग समेत गरेका थिए ।

यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान व्यवस्था माथि खतरा परेको भन्दै पुराना सबै दललाई एकै ठाउँमा उभिन आह्वान समेत गरिरहका छन् । तर, प्रसाईको गतिविधिबाट सरकार र पुराना दल नआत्तिएको दलका नेताहरुको भनाई छ । नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिएकाले सोही अधिकार अनुसार प्रसाईले शान्ति पूर्ण रुपमा चित्त नबुझेको विषयमा आन्दोलन गर्न सक्ने भए पनि वर्तमान व्यवस्था उल्टाउन नसक्ने उनीहरुको दाबी छ ।

यता, मसिंर ७ गते हुने प्रसाईको आन्दोलन र एमालेको प्रदर्शन रोक्न माइतीघरमा निषेधाज्ञा जारी गर्ने तयारी समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्