विराटनगर । हत्या गरेर १३ वर्षदेखि फरार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको ।
मोरङको मिक्लाजुङ– १ का ५० वर्षीय धनकुमार राई र सोही स्थानका ७० वर्षिय देवी प्रसाद राईलाई प्रहरीले पक्राउ गरेको हो ।
धनकुमारलाई मंसिर २ गते र देवी प्रसादलाई मंसिर ५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
२०६४ जेष्ठ २० गते राती मोरङ जिल्ला रमितेखोला–४ हाल मिक्लाजुङ १ का ३५ वर्षिय सन्तोष राईलाई धनकुमार र देवी प्रसादले कुटपिट गरी हत्या गरेर जंगलमा गाडेका थिए ।
घटना भएको तीन वर्षपछि मोरङ जिल्ला अदालतले उनीहरुलाई पाँच वर्ष कैद सजाय ठहर गरेको थियो ।
तर, हालसम्म फरार रहेको उनीहरुलाई सुरक्षा वेस क्याम्प मिक्लाजुङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले जानकारी दिए ।
घटना हुँदा देवीप्रसाद ५४ वर्षका थिए भने ३६ वर्षका थिए ।