विराटनगर । गत, भदौ २३ गते शनिबार एमाले उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङले धरानमा युवा संघ नेपालको कोशी प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै भनेका थिए ‘, पहिचानको ढुंगा त खतरनाक हुँदोरहेछ, एकजना हाम्रा ताप्लेजुङतिरको लिम्बू डीएसपी, बल्ल बल्ल डीएसपी भएका थिए बिचरा । ढुंगाले धेरै होइन, टाउकोमा १७ टाँका लाग्यो । अर्को एकजना हवल्दार विचरा राजवंशी परेछन्, उनको च्यापु नै भत्कियो । प्लेट लगाएर उनलाई उपचार गर्न राखिराखेको थियो । म भेट्न गएको थिएँ । र यतिमात्रै मेरो मुखबाट फुत्त निस्कियो- हैन यो पहिचानको ढुंगा त खतरनाक हुँदो रहेछ !
मलाई विश्वास छैन, यो पहिचानको ढुंगा हो भनेर । तर, यो पहिचानको ढुंगा त खतरनाक हुँदोरहेछ । ठ्याक्कै ताप्लेजुङको लिम्बू डीएसपीलाई लाग्ने । झापाको राजबंशी हवल्दारलाई लाग्ने ! कस्तो खालको ढुंगा हो यो ?
यो कसैका लागि पनि हितमा छैन । म आग्रह गर्न चाहन्छु साथीभाइहरुलाई- यो ढुंगा हान्ने कुरा गलत हो । लोकतन्त्रको मूल्य मान्यता विपरीतका यस्ता काम कारबाहीहरु जहाँबाट भएको हो, त्यसलाई रोकौं । लोकतान्त्रिक विधि प्रक्रियाका बमोजिमका काम कारबाहीहरु गर्नुहोस् । कुनै कुरामा मेरो बारेमा चित्त बुझेन, विरोध गर्नोस् । पार्टीको बारेमा चित्त बुझेन, विरोध गर्नोस् । तर लोकतन्त्रको मूल्य र मान्यतालाई तपाई हामीले बलियो बनाउँदै लिएर जानुपर्छ । यो नै देश र जनताको हितमा छ ।
यस्तै असोज २० गते पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै आम नागरिकको प्रश्न थियो ।,‘अब एमालेको नेतृत्व छैन, पहिचानको आन्दोलन हुन्छ कि हुँदैन ? पहिचानको आन्दोलन र ढुंगा त एमालेको टाउको मात्रै बज्ने हो कि क्या हो ?’ त्यसो त पूर्व मुख्यमन्त्री कार्कीले आन्दोलनलाई वार्ता र संवादबाट टुंगोमा पुर्याउन पूर्व मन्त्री तिलकुमार मेन्याङ्बोको संयोजकत्वमा वार्ता टोलीसमेत गठन गरेका थिए । तर, विराटनगरस्थित विग होटलमा भएको वार्ता निस्कर्षको बिन्दुमा पुग्न सकेन ।
कहिले विराटनगरस्थित रोडशेष चोक त कहिले प्रदेशसभा आसपास हुने आन्दोलनको मार खेपिरहेको विराटनगर केही समयदेखि यता शान्त छ । जसले गर्दा अब पहिचानको आन्दोलन सुस्ताएको हो ? भन्ने प्रश्नहरु पनि उठ्ने गरेका छन् । तर, आन्दोलनले विश्राम नलिएको किँरात याक्थुङ चुम्लुङकी केन्द्रिय महासचिव निरन्ती तम्बापो बताउछन् । उनले एकहप्ताको अत्टिमेटम पत्र बुझाएर १४ गतेदेखि ओखलढुङ्गादेखि आन्दोलन सुरु हुने उनको भनाई छ । ‘आन्दोलन सुस्ताएको छैन, चाँडपर्वले पनि केही व्याक भएको हो, विज्ञप्ति जारी गरेर विरोध प्रदर्शन गरीरहेका छौँ ’उनले भने । हाल राजनीतिक उत्तरचढावले गर्दा पनि वार्ता र संवादका कुराहरुलाई निरन्तरता दिन नसकेको बताउदै उनले कार्की नेतृत्व सरकारले पूणर्ता पाएपछि वार्ता समिति बन्ला । सरकारले वार्ता र संवादमा बोलाएन भने सडक आन्दालनले फेरी निरन्तरता पाउछ ।
आन्दोलन सुस्ताएको हो ? भन्ने प्रश्नमा जसपा समाजवादी पार्टी नेपालको केन्द्रीय सदस्य तथा लिम्बूवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम भन्छन्,‘ हिँउदोमा नदीहरु सुक्दैमा सिधियो नदी भनेर घर बनाउदा सिक्किममा हालत के भयो, रुख त मेरेछ भनेर भन्नेहरुलाई असारमा पउलाएको देख्दा बहुलाउछन् । ’ आन्दोलनको आन्तरिक तयारी भइरहेको बताउदै उनले यस विषयमा छलफल भइरहेको समेत बताए । नेतृत्वमा जो आएपनि अन्त्यमा आस्वसन मात्रै दिने गरेको बताए । त्यसोत कोशी प्रदेशमा प्रतिनिधित्व गरेको जसपा सरकारमा नजाने भएको छ। मुख्यमन्त्री केदार कार्कीले पहिचानको पक्षमा कुनै धारणा नराखेको भन्दै जसपा जसपमा सामेल नहुने निणर्ग गरेको हो ।
पछिल्लो समय तत्कालिन प्रदेश १ ले फागुन १७ गते कोशी नाम पाएसँगै पहिचानको आधारमा प्रदेशको नाम हुनुपर्ने माग राख्दै विभिन्न पहिचान पक्षधर संघसंस्था सडक आन्दोलनमा छन् ।
आन्दोलनकै क्रममा घाइते भएका लाजेङ (पदम लिम्बू) धरानस्थित विपि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएका थिए । उनलाई सरकारले सहिद घोषणा समेत गरेको छ ।
फोटो:फाइल