प्रेम देवान
विराटनगर ४ भदौ ।
एसबिएससी सिङ्गिन स्टार – सिजन थ्रि प्रतियोगिताको पहिलो अडिसन विराटनगरबाट सुरु भएको छ ।
मोरङ जिल्लाभरी रहेको स्कूलमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा खोजी गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता विराटनगर – ५ जामुनगाछिमा रहेको मदरल्याण्ड एकाडे्मी स्कूललमा शनिबार भब्य कार्यक्रम आयोजना गरि सुरु गरिएको हो ।
एसबिएससी (संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था) विराटनगर मोरङको आयोजनामा गरिएको प्रतियोगिताको पहिलो अडिसनामा विराटनगरका मात्र ४० वटा स्कूलबाट एक सय १९ जना विद्यार्थीहरुले सहभागि जनाएको सहकारीका अध्यक्ष इन्द्र राईले बताए ।
पहिलो अडिसनबाट प्रतिभाशाली विद्यार्थीलाई छनौट गरि दोस्रो चणरमा प्रवेश गराउनेछन् । यस वर्षको प्रतियोगिताको छनौट चरण मोरङको दुई वटा शहरमा हुने कार्यक्रम संयोजक रीना थापाले जानकारी दिनुभयो । प्रतियोगिताको दोस्रो चरणको छनौट आउँदो भदौ ११ गते मोरङको रंगेली र तेस्रो चरणको अडिसन भदौ १८ गते विराटचोकमा हुने बताइएको छ ।
छनौट चरणबाट छनौट भएर आएका प्रतियोगिहरुलाई विराटनगरमा ल्याएर प्रक्षिण दिईने भएको छ ।
छनौट चरणको निर्णायकहरुमा गायक सुमन श्रेष्ठ, प्रवलदिप विश्वास, राम राउत, ज्योती सुब्बा, विकेश के शंकर रहनुभएको छ ।
प्रतियोगिताको विजेताले नगद २५ हजार रुपैयाँको साथै आकर्षण ट्रफि प्राप्त गर्नेछन् । द्धितियले १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको टप सेभनमा पर्ने विद्यार्थीहरुलाई जनही २ हजार र प्रमाणपत्रले सम्माने गरिने भएको छ । प्रतियोगिताको सर्वाधिक मन पराएको प्रतियोगिलाई विशेष पुरस्कारबाट पुरस्कृत गर्ने सहकारीका कोषध्यक्ष विष्णु डंगोलले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्याब्सनका पूर्व उपाध्यक्ष टिकाराम पुरीले विद्यार्थीहरुको प्रतिभा उजागर गर्न यस्तो प्रतियोगिताले अहम भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले यस्तो प्रतियोगिताहरु आउँदा दिनमा समेत निरन्तर गर्दै आउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्याब्सन मोरङका सल्लाकार केशवलाल सिंह सुवाल, खम्बसिंह बस्नेत, उपाध्यक्ष शितला सुब्बा, कोषध्यक्ष प्रेमसिंह सुवाल, हिसान मोरङका अध्यक्ष बलराम पन्तलगायले बोल्नुभएको थियो ।
पहिलो पटक २०७० सालमा भएको प्रतियोगितामा विराटनगरमा रहेको डिएभी स्कुल भयो भने २०७१ सालमा भएको प्रतियोगिता विराटनगरमा रहेको सगरमाथा स्कुलका विद्यार्थीले उपाधी जितेका थिए । मोरङमा हुने यस प्रतियोगिताले सबैको ध्यान केन्द्रीत गरि भब्य र सभ्य रुपमा सम्पन्न हुने सहकारी सचिब नगेन्द्र प्रसाद ढकालले बताउनुभयो ।
०००००