भव्य हुदैछ यस वर्षको राधाकृष्ण रथयात्रा बिराटनगरमा

<span class='c1'>भव्य हुदैछ यस वर्षको</span> <span class='c2'>राधाकृष्ण रथयात्रा बिराटनगरमा</span>

बिराटनगर भदौ ६, ८५ वर्षको इतिहास बोकेको बिराटनगरको एैतिहासिक राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट गरिने रथयात्राले निकै ठुलो महत्व राखेको छ । यस वर्ष भदौ १० गते रथयात्रा निकालिने छ । यस वर्ष ५ लाखले रथयात्रामा सहभागी हुने अनुमान गरिएको छ । रथयात्रालाई भव्य बनाउन यस वर्ष हेलिकप्टरबाट फूल र अबिर बर्साइने भएको छ। रथयात्रामा फूल र अबिर बर्साउने जिम्मेवारी पूर्व सभासद एंव उद्योगी मोती दुगडलाई दिइएको छ । उनले यसका लागि आवश्यक पहल भइरहेको  बताएका छन्  । रथयात्राका क्रममा एक हजार बढि सुरक्षाकर्मी परिचालन गरिने आयोजकले बताएका छन् । रथयात्रा सम्पन्न गर्न विभिन्न समिति र उपसमिति बनाइएको रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्