सुनसरी । सुनसरीको ईटहरीमा एक महिलाको हत्या भएको छ।
ईटहरी उप-महानगरपालिका-२ शान्तझोडामा बसोबास गर्दै आएकी ६५ बर्षीय मधुमाया पुरीको हत्या भएको हो।
सोमबार दिउँसो २ बजे पुरीलाई आफ्नै घर नजिक रहेको गाई गोठमा काम गर्दै गरेको अबस्थामा सोहि स्थान बस्ने ४० बर्षीय सन्तोष राईले हत्या गरेका हुन्।
खुकुरी टाउकोमा प्रहार गर्दा गम्भीर घाईते भएकी पुरीलाई उपचारको लागि तरहरा सामुदायिक हस्पिटल तरहरामा लगि सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
घटनाको जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले खुकुरी प्रहार गर्ने राईलाई पक्राउ गरेको थियो।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।