मन्दीका ‘मनखुशी’ गराउने पनि छैन विराटनगरको व्यापार

<span class='c1'>मन्दीका ‘मनखुशी’ गराउने पनि</span> <span class='c2'>छैन विराटनगरको व्यापार</span>

विराटनगर । जाडोको मौसम सुरु भएसगै न्यानो कपडाको माग बढ्नु पर्ने हो । तर, विराटनगरका व्यापारीहरु कवडा बिक्री नहुँदा चिन्तित मात्रै नभई थप माल मगाउने योजनामा समेत नरहेको बताउँछन् ।

व्यापार नहुँदा पसलमा जाडोको नयाँ कपडा थप्न मन नलागेको ब्यापारीहरु बताउछन् । विगत सात बर्षदेखि कपडाको व्यापार गर्दै आएका २८ वर्षीय दिपक पाण्डेका अनुसार जोगबनी नाका खुल्ला भएकोले धेरै जसो विराटनगरका नागरिक जोगबनी नै गएर जाडोको कपडा खरीद गर्ने गरेको उनले बताए ।
विगतका वर्षहरुमा जस्तो मनखुशी हुनेगरी व्यापार नभएपनि यो आर्थिक मन्दीमा सन्तोषजनक व्यापार समेत नभएको व्यापारीको गुनासो रहेको छ ।
विगतका बर्षहरुमा झैँ व्यार भएको छैन के नयाँ कपडा ल्याएर बेच्नु ४६ वर्षीय शिव शम्भु साहले बताए ।

व्यापार नभएपनि केहि कपडा मगाएको व्यापारी कुन्दन देवले बताए । व्यापार नहुने हो भने सटर भाडा तिर्न समेत गाह्रो हुने व्यापारीहरु बताउछन् ।

सिमा नजिकै हुनु,विराटनगरको तुलनामा कपडाहरु सस्तोमा पाइने हुँदा ग्राहकहरु कपडा किन्न जोगबनी बजार जाने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्