इलाका प्रहरी कार्यालय रंगेलीद्वारा ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रम

<span class='c1'>इलाका प्रहरी कार्यालय रंगेलीद्वारा</span> <span class='c2'>‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रम</span>

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रम आयोजना गरेको छ ।

समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत प्रहरी कार्यालयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच, प्रहरी र नागरीकबिच सुमधुर सम्बन्धको विकास गर्ने उद्देश्यले प्रहरीसँग विद्यार्थी कार्यक्रम संचालन रहेको छ । उक्त कार्यक्रम अन्तर्गत इप्रका रंगेलीले मिनिलेण्ड अंग्रेजी मा.वि. का विद्यार्थीहरु माझ प्रहरीसँग विद्यार्थी कार्यक्रम राखेको हो ।


समुदाय–प्रहरी सम्बन्ध सुदृढिकरण गर्ने उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरिएको इलका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले जानकारी दिए । “लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान” को सिलसिलामा इप्रका रंगेलीको आयोजना र मिनिलेण्ड अंग्रेजी मा.वि. को समन्वयमा “प्रहरीसँग विद्यार्थी” कार्यक्रम भएको हो ।


कार्यक्रममा विद्यालयका ७० जना छात्रा, शिक्षक, शिक्षिकाहरुको उपस्थिति रहेको थियो । सोही अवसरमा इप्रका रंगेली परिसर भित्र वृक्षारोपण पनि गरिएको छ ।

विभिन्न प्रजातिका एक सय बढी विरुवाहरु वृक्षारोपण गर्नुको साथै यस कार्यलयमा रहेको मानव मस्तिष्क आकारको पुस्तकालयमा विद्यालयको तर्फबाट २५ थान विभिन्न जीवनपयोगी पुस्तकहरु समेत थप गरिएको छ ।

सोहि कार्यक्रमको सिलसिलामा शिक्षक तथा विद्यार्थीहरुलाई यस कार्यालयको विभिन्न शाखाहरु अवलोकन गराई लैंगिक हिंसा, जबरजस्ति करणी, बाल यौन दुरुपयोग जस्ता समस्याहरुको विषयमा उजुरी दिने माध्यम, प्रक्रिया, कानुनी व्यवस्था बारेमा प्रशिक्षण समेत प्रदान गरीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्