विराटनगरका स्थानीय भन्छन् : सडकबाट पार गर्न असुरक्षित भयो, आकासे पुल चाहियो

<span class='c1'>विराटनगरका स्थानीय भन्छन् : सडकबाट पार</span> <span class='c2'>गर्न असुरक्षित भयो, आकासे पुल चाहियो</span>

इन्दु साह
विराटनगर । विराटनगरमा कुनै समय आकासे पुल बन्ने कुराको चर्चा निकै चल्यो । अहिले आकासे पुल जनताले कता हरायो भनी प्रश्न गर्न थालेका छन् । सडक पार गर्न बनाइएको जेब्रा क्रसिड. अब्यवस्थित भएको र विकल्पमा आकासेपुल हुनुपर्ने माग बढ्न थालेको छ ।

प्रकाश रेग्मी भन्छन् विराटनगरमा बनाइएको जेब्रा क्रसिङ्ग. ब्यवस्थित नहुँदा र सडक अनुशासन नहुँदा विकल्पमा आकाशे पुल अनिवार्य भईसकेको बताउँछन् । उनले पैदल यात्रुका लागि छ लेन सडक वारपार गर्न समस्या परेको बताउँदै विकल्पको रुपमा आकाशे पुलको संरचना बनाउनु पर्ने बताए । जेब्राक्रसिङमा लाईट जडान नभएकोले कुनै अस्तित्व नरहेको उनले बताए । यस्तै कपिल मण्डलले भने जेब्रा क्रसिङ्गमै सवारी साधन रोक्ने अनुसाशनविहीन चालकका कारण पैदल यात्रुलाई समस्या पर्ने गरेको बताउँछन् । उनले पैदल यात्रुका लागि तोकिएको जेब्रा क्रसिङ्गबाट सडक काट्न पनि समस्या रहेको बताउँछन् ।

सडकमा भेटिएकी विद्यार्थी एन्जिला पौडेलले जेब्रा क्रसिङ्गबाट सडक पार गर्न असुरक्षित रहेको बताउँछिन् । उनले तिव्र गतिका ह्याभ्बी मालवहाक सवारीका चालकले सडक अनुसाशन पालना नगर्ने गरेकोले डरमर्दो रहेको बताइन् । उनले सुरक्षित माध्यम फ्लाई ओभर भएपनि अहिलेसम्म विराटनगरको चाप अनुसारको संरचना बनाउने प्रयत्न नभएको गुनासो गरिन् ।
महानगरपालिकाका योजना प्रमुख अर्जुन थापाले प्रयत्न भएपनि त्यसलाई कार्यन्वयन गर्न स्थानीयकै अवरोध पनि भएको बताउँछन् । उनले योजना कार्यन्वयनको चरणमा गएपछि त्यसलाई रोक्न अदालतको सहारा विगतमा लिइएको बताएका छन् । मुद्दा विचाराधिन रहेका कारण अहिले निर्माणको काम हुन नसक्ने थापाले बताए । जिल्ला टाफिक प्रहरी कार्यलयका प्रमुख सुमन न्यौपाने बिरटनगरको चाप अनुसार आकासे पुल आवश्यक रहेको बताउँछन् । आकाशेपुल भए पैदल यात्रुलाई सडक पार गर्न सहज हुने उनको भनाई छ ।

महानगर प्रमुख नागेश कोइरलाले जग्गा धनिहरुसंग चरणबद्द रुपमा छलफल गरेर आवश्यक स्थानको पहिचान गरिनुपर्ने बताए । उनले आकासे पुल निमार्णको योजना बनाउदाँ छनोट गरिएको स्थानसँग सम्बन्धित स्थानीयसँग छलफल नगर्दा विगतमा समस्या भएको बताए । जग्गाधनीको सहमतिबिना उक्त स्थानमा आकासे पुल निमार्ण गर्नखोज्दा जग्गा धनीले अदालतमा उक्त कार्य बिरुद्द मुद्दा दायर गरेको उनको भनाइ छ ।

महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै २०७६ फागुन १६ गते मा टेण्डर आह्वान गरेको थियो । २०७७ माघमा ठेक्का लाग्यो । त्यसको दुई महिना पछि २०७७ चैत २ गते तत्कालिन मेयर भिम पराजुलीले बरगाछीमा पुलको शिलन्यास गरेका थिए । विराटनगर महानगरपालिकाका अनुसार बरगाछी चोक र पाञ्चाली मोडको आकाशे पुल निर्माणको ठेक्का कला बिल्डर्सले पाएको थियो । कन्चनबारी चोकको ठेक्का आरके बिल्डर्सले पाएको थियो । आकाशे पुलको जग कङक्रिट र बाकीँ संरचना स्टीलको बनाउने गरी पुलको डिजाइन गरिएको थियो । पुल निर्माणका लागि महानगरले जग बनाउन भन्दै कन्चनबारी र पाञ्चाली मोडको सडक छेउमा खाल्डो समेत खनिसकेको थियो । त्यस पछि स्थानियले निमार्णकार्य अबरुद्द गर्दा । लामो समयसम्म समस्या सामधान नहुदा उक्त खाल्डोमा दुर्घटनाको जोखिम भएपछि सो खाल्डो समेत अहिले छप्नु परेको महानगरका योजना साखा प्रमुख अर्जुन थापाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्