विराटनगरका रंग पसलमा अनुगमन , उपभोक्ता ठग्दै व्यापारीहरु

<span class='c1'>विराटनगरका रंग पसलमा अनुगमन</span> <span class='c2'>, उपभोक्ता ठग्दै व्यापारीहरु</span>

विराटनगर भदौ ८ , वाणिज्य कार्यालय विराटनगरको नेतृत्वमा विराटनगरमा रंग तथा इनामेल पसलमा अनुगमन गरिएको  छ ।अनुगमनका क्रममा ५० हजार मूल्य बराबरको मिति सकिएको इनामेल नस्ट गरेको छ । यस्तै इनामेल बिक्री गर्ने पसलले अंकित मूल्यको स्टिकर उप्काएर जथाभावी मूल्य राख्ने गरको पाइएको छ ।  उपभोग्य मिति सकिएका सामाग्रीको बेचबेखिन भैरहेको भन्ने सूचनाका आधारमा मंगलबार वाणिज्य कार्यालय विराटनगरको नेतृत्वमा खटिएको अनुगमन टोलीले बजारमा छापा मारेर अनुगमन गरेको थियो । अनुगमन टोलीले विराटनगर ५ मा रहेको श्रीजी टेडर्स प्रालिमा एसियन पेन्ट लिमिटेडबाट उत्पादित रोएल प्ले मेटालिकको मूल्य रु २ सय १५ भएकोमा त्यसमाथि रु ५ सय ३२ को स्टीकर लगाएको भेट्टाएको थियो । यस्तै गोल्ड रोएल प्लेको रु २ सय २० भएकोमा रु ५ सय ३३ को स्टीकर लगाइएको पाइएको थियो । यस्तै १ लिटरको रोएल प्ले मेटालिक कपरको मूल्य १ हजार भएको १ हजार ४ सय ७० रुपैया स्टीकरमा लेखिएको पाइयो भने उत्पादन मिति २००९ को भेट्टिएकाले जफत गरी नष्ट गरियो । यस्तै रोएल प्लेको २ सय एमएलको विभिन्न रंगमा मूल्य फरक पाइएकाले जफत गरियो । यसैगरी एसिएन पेन्टस्को ५ सय एमएल को इनामेल ३० वटा जफत गरी नष्ट गरीयो । यसैगरी विराटनगर ७ मा रहेको अमन हार्डवेयर ट्रेड सेन्टरबाट २७ हजार २ सय २४ रुपैयाको इनामेल नष्ट गरिएको छ । जसमा निरुलिक कम्पनीका ५ सय एमएलका २६ वटा ,ब्युटी डिस्टेम्बर १ लिटरका ५ थान जफत गरी नष्ट गरिएको छ । यसैगरी सोही कम्पनीका सुरक्षा ४ लिटरका ३ थान, इमुल्सन २० लिटरको १ थान र वाल पुट्टी २० लिटरको १ थान जफत गरी अनुगमन टोलीले नष्ट गरेको छ । अनुगमनका क्रममा भेटिएका ठगि गर्नेलाई नियम अनुसार कार्वाही गर्ने वाणिज्य कार्यालय विराटनगरका प्रमुख नयराज नेपालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्