बिराट फुटसल कपको फाइनलमा मकालु र मनमोहन 

<span class='c1'>बिराट फुटसल कपको फाइनलमा</span> <span class='c2'>मकालु र मनमोहन </span>

 

विराटनगरमा जारी विराट फुटसल कपको उपाधिका लागि मकालु टेलिभिजन र मनमोहन पोलिटेक्नीकल कलेजबीच प्रतिस्पर्धा हुने भएको छ ।

विराटनगरस्थित हिट एण्ड ह्याङ्ग आउट फुटसल मैदानमा आज विहान भएका सेमिफाइनल खेलमा विजयी हुँदै मकालु टेलिभिजन र मनमोहन पोलिटेक्नीकल कलेजले उपाधि भिडन्त पक्का गरेका हुन् । आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा विराटनगर आँखा अस्पताल विरुद्ध मकालु टेलिभिजनले निकै संघर्षपूर्ण जित हात परेको छ । मकालु ४–३ गोलअन्तरले विजयी हुँदै फाइलनमा पुगेको हो । पहिलो हाफमा निकै दबाबमा रहेको मकालु टेलिभिजनले दोस्रो हाफदेखि भने निक्कै उत्कृष्ट खेल प्रदर्शन ग¥यो । मकालुको जितका लागि दीपेश सुवेदीले ३ र भुवन लम्सालले एक गोल गरेका थिए भने विराटनगर आँखा अस्पतालका डाक्टर त्रिपेशराज पाण्डेले २ र कप्तान देपेन्द्र उरावले एक गोल गरेका थिए । यो खेलको म्यान अफ दी म्याच मकालुका दिपेश सुवेदी घोषित भए । यस्तै आजै भएको दोश्रो सेमिफाइनल खेलमा मेघा बैङ्कलाई ५–० पराजित गर्दै मनमोहन पोलिटेक्नीकल कलेजले फाइनलमा मकालु टेलिभिजनसँगको भेट पक्का गरेको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुने आवर विराटनगर डट नेट का निर्देशक बिबेक दाहाले बताए ।।  आवर विराटनगर डट नेट र हिट एण्ड हैंग आउटको संयुक्त आयोजनमा भइरहेको म्याजिक विराट फुटसल कपमा यस क्षेत्रका विभिन्न कर्पोरट र सरकारी कार्यालयहरुले सहभागिता जनाइरहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्