विराटनगरमा टिकेन ‘क्लोथ बैंक’, जाडोमा बाँडौं पुराना कपडा

<span class='c1'>विराटनगरमा टिकेन ‘क्लोथ बैंक’,</span> <span class='c2'>जाडोमा बाँडौं पुराना कपडा</span>

इन्दु साह
विराटनगर । ट्राफिक चौकमा दुई वर्ष अगाडी पुराना कपडा संकलन गरेर वितरण गर्ने गरि ‘क्लोथ बैंक’ राखिएको थियो । जहाँ पुराना कपडा संकलन गरेर राखिन्थ्यो । अतिविपन्न र असाहय नागरिकले आफूलाई आवश्यक परेको खण्डमा त्यसलाई प्रयोगमा ल्याउन सक्थे । यो राम्रो अभियानले भने निरन्तरता पाउन सकेन । जसको असर नयाँ कपडा खरिद गरेर लगाउन नसक्ने अवस्था कमजोर आर्थिक आयआर्जन भएका नागरिकमा परेको छ ।

‘मिल्श भेट्रान्स क्लल रानीले समेत विराटनगर–१५ भट्टिमोड चौकमा जाडोमा लगाउने कपडा उपलब्ध हुने गरि क्लोथ बैंक स्थपना गरेको थियो । त्यहाँबाट समेत धेरै नागरिकले न्यानो कपडा लिएर प्रयोग गरेका थिए । तर, अहिले ट्राफिक चौकको क्लोथ बैंक पनि छैन न त मिल्शएरिया रानीकै ।
व्यक्तिले आफूले प्रयोग गरिसकेका वा प्रयोग गर्न खरिद गरेर पनि कतिपय अवस्थामा लगाउन नपाएका कपडा क्लोथ बैंकमा राख्दा आवश्यक पर्नेहरुले लाभ लिने गरेका थिए । आफुलाई काम नलाग्ने कपडा (पुरानो कपडा) त्यसैपनि फोहोरमा रुपान्तरण हुन्छन् । घर भित्र त्यसको व्यवस्थापन गर्न हम्बेहम्बे पर्दछ । कपडा व्यवस्थापनका लागि विभिन्न विकल्प अपनाउनु पर्दछ । कति त्यसै फोहोरको रुपमा फ्याँक्नु पर्ने हुन्छ त कतिपय आगो सल्झाएर नष्ट गर्नुपर्ने ।

तर, त्यहि कपडा कतिपयलाई आवश्यक परिरहेको हुनसक्छ । कतै खेर जाने यस्ता कपडा कतै आवश्यकता महसुश गर्नेहरुले प्रयोग गर्ने हुँदा यसलाई एकिकृत रुपमा क्लोथ बैंकमा संकलन गरेर राख्दा लाभ लिनेहरु खुशी हुन्छन् भन्ने सेवाभावको उद्देश्य भएपनि यस्तो कामले निरन्तरता भने पाउन सकेन ।

कतिपयले आफुलाई काम नलाग्ने कपडा आफु आसपास भएका जसलाइ त्यस्तो कपडाको आवश्यक छ त्यस्तो परिवारलार्य लगेर बाँड्ने समेत गरेका छन् । ट«ाफिक चौकमा स्थापना भएको क्लोथ बैक व्यवस्थित नहुँदा अहिले हटेको छ । तर, यदि स्थानीय तहले ब्यवस्थित क्लोथ बैंकको अवधारणामा ध्यान दिए शहरभरीका कपडा जम्मा हुने थियो ।

महानगर आसपास अति विपन्न परिवार बसोवास गर्ने गर्दछन् । यहि विराटनगरका मानिसले पुराना कपडा फोहरमा फ्याँक्छन् । काठमाण्डौं र पोखरामा यसको कार्यन्वयन सफल देखिएको छ । विराटनगरमा भने यसको खाँचो भएर पनि कार्यन्वयन हुन नसक्दा न्यानो कपडा आवश्यक पर्ने नागरिकहरु चिसो त्यसै कटाउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्