-श्रीबहादुर केसी शैलुङ्गे
अभावकाे पाेकाे बाेकेर
सहायतामा लाैराे टेक्दै
फर्किएपछि ढुंगे युगबाट
पाेखेर सपना सागरमा
साँघुरो सडक जस्ताे
छाती बनाउनकाे खातिर
नमाझिएका दाँतहरु
चाहुँरिएका अनुहार
दुखित मुस्कान छर्दै भन्छ
जदाैं हजुर जदाैं !
अल्झिएर बल्झिएर
झाँगिएका असरल्ल दार्हृि
ढुंगा जस्ताे मन बाेकेर
दुखाएर नमिठा पीडाहरु
शिरमाथी महिलाे ढाका टाेपी
अाङ ढाक्न लगाउदै फुकाल्दै
अास्थाकाे कालाे काेट!
न छ कतै जाने बाटाे
न छ कतै खाने आटो
आकाशमा घुम्ने काककुल झै
प्यास मेट्न नसकेर
दु:खकाे भारी जीवन
चाैतारिमा विसाउदै
कहिले नदी किनारामा बसि कराउदै
जिन्दगीको मरुभूमिमा
ओच्छाएर आँखाहरु
फर्किएर आएनन्
विदेसिएका दुईवटा छाेराहरु
चिसिएकाे मुटु बाेकेर
अस्वस्थ तन साँचेर
हरेक पलभरी,क्षणभरी
टाेलाइ रहन्छन्
घरकाे पीढिमा वसेर
बुढाे मान्छे !