विराटनगर । नेपाली अभिनेत्री गौमाया गुरुङ ’बर्लिनाले ट्यालेन्ट’मा छनोट भएकी छन् ।
फेब्रअरी १७–२२ सम्म आयोजना हुने विश्व प्रख्यात बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको ट्यालेन्टमा एक्टर विधामा उनी छनोट भएकी हुन् ।
विश्वका १ सय ३१ देशबाट आवेदन दिएका ३८ सय ३२ प्रतिस्पर्धीबीच उनी छानिएकी हुन् । उनलाई ’एक्टिङ स्टुडियो’को सदस्यका रूपमा आयोजकले छनोट गरेको हो । एक्टिङ स्टुडियोले अभिनयकै विधामा आफैंलाई तिर्खादै लैजान गौमायालाई यो सहयोग गर्नेछ । ट्यालेन्टका रूपमा सहभागी हुनेहरू बर्लिनको सदस्य(आल्मुनाइ)का रूपमा चिनिनेछन् ।
यसअघि साउन्डमा किशोर आचार्य साउन्ड तर्फ छनोटमा परेका थिए । आवेदन दिएका ३८ सयमाथिको आवेदक मध्येबाट आफू छानिँदा गौमाया खुसी व्यक्त गरिन् । जनवरीमा बर्लिनले सहभागी सम्पूर्ण ट्यालेन्टको घोषणा गर्नेछ ।
गौमायाले ’कब्बड्डी–४’, ’फूलबारी’, ’१९१५ः लिजेन्ड अफ गुर्खाज’लगायत दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय गरेकी छन् ।