विराटनगरमा धुमधामका साथ मनाए चासोक तङनाम(उधौली )पर्व

<span class='c1'>विराटनगरमा धुमधामका साथ मनाए</span> <span class='c2'>चासोक तङनाम(उधौली )पर्व</span>

सुजता लिम्बू
विराटनगर । आफ्नो थातथलो छोडेर विराटनगर बसोबास गर्दै आईरहेका किराँत समुदायले उधौली पर्व मनाएका छन् ।
मंसिरे पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत याक्थुङ चुम्लुङ, किराँत याक्खा छुम्मा र किराँत राई यायोक्खाले मंगलबार उधौली पर्व मनाएका हुन् ।
विराटनगर ११ साकेला थानमा किराँत राई यायोख्खाले साकेला नाच र विराटनगर १४ किरात याक्थुङ चुम्लुङले च्याब्रुङ नाच्दै उधौली पर्व धुमधामका साथ मनाएका हुन् । साकेलास्थानमा पूजा आराधना गरी एक आपसमा शुभकामना आदान प्रदान समेत गरेरका छन् ।
हरेक वर्ष मंसिर पूर्णिमाका दिन मनाइने उधौली पर्व अन्नबाली भित्र्याएको खुशियालीमा मनाउने गरिन्छ । उधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकबाट बेँसीतिर बसाई सर्ने समय भएको सङ्केत पनि गर्दछ ।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन् ।
बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ । भूमि पूजाका लागि किराँत महिला तथा पुरुष जातीय भेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् ।

पूजापछि आ–आफ्नो परम्परा अनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ । विराटनगर १४ मा चियर प्रतियोगिता आयोजना गरियो ।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेलालाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वास समेत किराँत जातिमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्