विराटनगर । अंग्रेजी महिनाको नयाँ वर्ष २०२४ को अवसरमा भारतबाट नेपाल आउने पर्यटकहरुलाई नेपाली सीमा नाकामा करिम फाउण्डेशनले नेपाली टोपी तथा खादा लगाई स्वागत गरेको छ ।
सामाजिक कार्य गर्दै आएको करिम फाउण्डेशनले नयाँ बर्षको अवसरमा पारेर सोमाबार विहान भारतबाट आउने पर्यटकलाई नेपाली टोली पहिराएर स्वागत तथा सम्मान गरेको हो । स्वागत कार्यक्रममा संघिय संसाद योगेन्द्र मण्डल , विराटनगर महानगरपालीकाकी उप प्रमुख शिल्पा निराला कार्की , विराटनगर १५ का वडा अध्यक्ष प्रकाश साह, ईलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्दिप बेलबासे , फाउण्डेशनका अध्यक्ष सरफराज आलम , युवा अभियन्ता अस्लम आलम , हमिद अजाद लगायतले भारतबाट आउने पर्यटकहरुलाई नेपाली टोली, खादा लगाएर स्वागत गरेका थिए ।
अंग्रेजी महिनाको नयाँ बर्षमा भारतबाट ठुलो संख्यामा पर्यटकहरु आउने भएका कारण उनीहरुको सम्मान तथा आन्तरिक पर्यटन प्रवद्र्धन गराउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको करिम फाउण्डेशनका सचिव दियाउदिन आलमले जानकारी दिनुभयो । यसका साथै फाउण्डेशनले सिमाक्षेत्र प्रारम्भमा नेपाली झन्डा राखेका छन् । भारतबाट प्रवेश गर्ने वित्तिकै नेपालहरुको झण्डाले स्वागत गर्ने हिसावले नेपाली झण्डाको अवतरण गरिएको फाउण्डेशनले जानकारी दिएको छ ।