विराटनगर । मोरङको बेलबारीमा रहेको बेतना सिमसारको चौथो साधारण सभामा विरोध प्रदर्शन भएको छ ।
प्रतिनिधिसमा सदस्य सुनिल शर्मा उपस्थिति रहेको बेतना सिमसारको चौथो साधारण सभामा विरोध प्रदर्शन भएको हो ।
बेलबारी ४ मा रहेको बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहको पुष १८ गते बुधबार तोकिएको साधारण सभा रोक्न मागसहित उच्च अदालत मोरङमा रिट दर्ता समेत भएको थियो ।
साधारणसभामा ३३ प्रतिशत महिला सहभागी नगराएको , आम उपभोक्ताको भेला नगराएको लगायत विविध मागसहित साधारण सभा रोक्न बेलबारी ४ का होमकुमार राईले बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुह , निर्वाचन समिति, सब डिभिजन बन कार्यालय, जिल्ला वन कार्यालयलाई समेत विज्ञप्ति बनाएर मुद्धा दर्ता गरिएको थियो ।