हुलाकी सडक निर्माणमा ढिलाई भएको भन्दै नयाँ बजारमा व्यापारीहरुद्धारा सडक अवरोध

<span class='c1'>हुलाकी सडक निर्माणमा ढिलाई भएको भन्दै</span> <span class='c2'>नयाँ बजारमा व्यापारीहरुद्धारा सडक अवरोध</span>

विराटनगर । लामो समयदेखी अलपत्र अवस्थामा छाडिएको हुलाकी राजमार्गको निर्माणको काम रोकिएपछि कटहरी गाँउपालिका ४ नयाँ बजारका व्यापारीहरुले सडक अवरोध गरेका छन् । लामो समयदेखी अलपत्र अवस्थामा छाडिएको सडक धुलाम्मे भएपछि स्थानीयवासीले बुधबार १२ बजेदेखी विराटनगर–रंगेली सडकमा चल्ने दुवैतर्फका सवारी साधन रोकेर अवरोध गरेका हुन् ।

निर्माणाधीन सडकको खाल्डाखुल्डी र धुलोले गर्दा हेरान खेप्न वाध्य भएपछि सडक अवरोध गरिएको स्थानीय व्यापारी भुवन विश्वकर्माले बताएका छन् । यसअघि मोरङको कटहरीका जनप्रतिनिधिले सडक निर्माणमा ढिलाई भएको भन्दै भोक हडताल समेत गरेका गरेका थिए । चार वर्षअघि निर्माण सुरु गरिएको राजमार्गको काम सुस्त हुँदा स्थानीयलाई सास्ती खेप्न वाध्य बनाइएको छ ।

पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा हेरिएको हुलाकी राजमार्ग निर्माणका लागि मोरङ खण्डमा ५ वटा निर्माण कम्पनीले काम गरिरहेका थिए । ३ वर्षभित्रमा ४ लेन सडक निर्माण गर्ने सम्झौतासहित २०७६ सालमा ठेक्का सम्झौता भएपनि म्याद थप गरेर २०८० कात्तिकसम्म पु¥याइएको थियो तर पनि कामले गति लिन भने सकेको छैन । रंगेलीको बेतौनादेखि पश्चिम विराटनगरको काम अझै पनि सुस्त गतिमा काम भईरहेको स्थानियको आरोप छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका राजमार्गको रतुवामाइदेखि रंगेलीको भूमि टोलसम्म १६ किलोमिटर निर्माणको ठेक्का पिएस गजुरमुखी मोतीदाम जेभीले लिएको छ । बेतौनाबाट कटहरीको नयाँ बजारसम्म १२ किलोमिटर निर्माणको ठेक्का पीएस गजुरमुखी मोतीदाम जेभीले लिएको छ ।

नयाँ बजारदेखि विराटनगर हाटखोलासम्म ६ किलोमिटरको ठेक्का श्रेष्ठ कन्ट्रक्सनले लिएको छ । हुलाकी राजमार्गले विराटनगर महानगरपालिकासहित मोरङका रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान र कहटरी गाउँपालिका क्षेत्रलाई समेटेको छ । ६ वटै पालिकाका सर्वसाधारण हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकका यात्रा गर्न बाध्य भएपछि बेला बेलामा स्थानीयले विरोध गर्दै आईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्