‘बुलेट’ रिहाइको माग राख्दै मेची राजमार्ग ठप्प

<span class='c1'>‘बुलेट’ रिहाइको माग राख्दै</span> <span class='c2'>मेची राजमार्ग ठप्प</span>

विराटनगर । झापाको विर्तामोडबाट पक्राउ परेका बुलेट राईको रिहाइको माग राख्दै प्रदेश नम्बर १ पुनः नामाङ्कन संघर्ष समितिले बन्दको घोषणा गरेसँगै मेची राजमार्गमा यातायात ठप्प बनेको छ ।

संघर्ष समितिले विज्ञप्ति जारी गर्दै पुष १८ र १९ गते बन्दको घोषणा गरेको थियो । सोही घोषणाको पहिलो दिन आज बन्दका कारण पूर्वका झापा, इलाम, पाँचथर लगायतका जिल्लाहरुमा कुद्ने लामो तथा छोटो दुरीको यातायात ठप्प छ ।

केही समय अघि इलामको किटेनी स्थित मेती राजमार्गमा पराल बोकेको पिकअप भ्यानमा आगजनी गरेको आरोपमा अनुसन्धानका लागि बुद्धशान्तिका बुलेट किराँतीलाई जिल्ला प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले विर्तामोड बसपार्कबाट पक्राउ गरेको थियो ।

उनै किराँतीलाई रिहाइको माग राख्दै संघर्ष समितिले दुई दिन बन्दको आव्हान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्