कोशी प्रदेश : एक सातापछि सभामुख छान्ने

<span class='c1'>कोशी प्रदेश : एक</span> <span class='c2'>सातापछि सभामुख छान्ने</span>

विराटनगर । पाँच महिनादेखि कोशी प्रदेशसभा सभामुख बिहीन छ ।

गत साउनमा बाबुराम गौतमले सभामुबाट राजीनामा दिएसँगै रिक्त रहेको सभामुख चयनका लागि एक सातापछि प्रक्रिया थाल्ने दलहरु सहमत भएका छन्।

पुष २४ गते बस्ने प्रदेशसभा बैठकबाट सभामुखको निर्वाचन प्रक्रिया अघि बढाउन दलहरुले सहमति जनाएका हुन् । आजसम्म सभामुख चयन प्रक्रिया सक्ने तयारी रहेको भएपनि एमालेले समय माग गरेपछि एकसाता लम्बिएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

उनले भने,‘हामीले आजसम्म सकौं भन्ने चाहेका थियौं, तर एमालेले समय मागेका कारण थप एकसाता लम्बियो’ पुष २४गतेबाट प्रक्रिया थाल्ने तयारी रहेको समेत उनले बताए । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एक सातापछि प्रक्रिया अघि बढाउन दलहरु सकारात्मक भएको बताए ।

सत्तारुढ गठबन्धनबीच राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सभामुख पद दिने सहमति छ । राप्रपाले अम्बरबहादुर विष्टको नाम अघि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्