सुन्दरहरैँचा । लोकप्रिय गीतकार डि.पी. खनालको स्वास्थ्य उपचार सहयोगार्थ केपी घिमिरेद्वारा सञ्चालित नझरेका फूलहरूले आफ्नो ४१औँ शृङ्खला अन्तर्गत 'गीताञ्जली साँझ' सम्पन्न गरेको छ।
कार्यक्रमकाे साहित्यकार पुरन राई तथा केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले संयुक्त रूपमा पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरेका थिए। कार्यक्रममा गायिका पम्फा चाहारलाई कदरपत्र द्वारा नझरेका फूलहरू सम्मान प्रदान गरिएको थियो। गीताञ्जली साँझमा पम्फा चाहार,दुर्गा पराजुली, कृष्णराजा श्रेष्ठ, मेरिना राई, अनु बुढाथोकी गिरी र निशा कार्कीले विभिन्न गीतहरू गाएर दर्शक/स्रोतालाई साङ्गीतिक आनन्द प्रदान गरेका थिए।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले देशमा साहित्य,कला र संस्कृति धराशायी अवस्थामा रहेका बेला नझरेका फूलहरूले स्रष्टा सम्मान र पलेँटी शृङ्खला आयोजना गरेर यस क्षेत्रको संरक्षण र संवर्द्धनमा उल्लेख्य योगदान दिएको बताए। उनले नझरेका फूलहरूको शृङ्खला केराबारी गाउँपालिकामा पनि सञ्चालन गर्न आफू इच्छुक भएकोले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका सभापति पुरन राईले नझरेका फूलहरू मार्फत सानो भए पनि सहयोग पठाएर गीतकार डि.पी. खनालको स्वास्थ्य लाभको कामना गर्न कार्यक्रम आयोजना गरिएको बताए। उनले देश तथा विदेशमा रहेका हरेक नेपाली स्रोता दर्शकले यसैगरी मनैदेखि सानो सानो सहयोग गरिदिए डि.पी. खनालको उपचारमा राहत पुग्ने कुरा उल्लेख गरे।
सुन्दरहरैँचा १० स्थित प्लानेट लाउञ्जमा आयोजना गरिएको गीताञ्जली साँझलाई भव्य बनाउन साथ-सहयोगका लागि प्लानेट लाउञ्ज, रतन टेन्ट, श्री नारायण प्रिन्टिङ प्रेस, ग्राफिक हाउस, इटहरी साउन्ड लगायत सबैको सेवाप्रति प्रस्तोता घिमिरेले आभार व्यक्त गरेका थिए । कार्यक्रम आयोजना मार्फत जम्मा गरिएको सहयोग रकम खर्च कटाएर डि.पी.खनालकै स्वास्थ्य उपचारका लागि पठाइदिने कार्यक्रममा उल्लेख गरिएको छ । कार्यक्रममा गायनशिरोमणि रामकृष्ण ढकाल,गायकहरू हेमन्त शर्मा,तुलसी पराजुली,राज सिग्देल लगायतले सहयोग गरेका थिए।
कार्यक्रममा समाजसेवी ललितबहादुर श्रेष्ठ, सुरेन्द्रबहादुर थापा, दुष्यन्त भट्टराई,साहित्यकार छवि वैरागी घिमिरे, जे.बि. थुलुङ,यमुना पराजुली,ई.सुरेशकुमार श्रेष्ठ, आइतराज लिम्बू,गीताप्रसाद श्रेष्ठ, रुपनारायण श्रेष्ठ, लोक मोक्तान, राजेन्द्रबहादुर थापा, उत्सव थापा, दिलिप थापा,भीम अधिकारी, वीरेन्द्र श्रेष्ठ, माधव रेग्मी, यादव भट्टराई, गीता कुलुङ, शशी राई,वृषिका तुम्छा, रामकुमार प्रधान, मीना राई,नीरू बजगाई, सिर्जना नेपाल, तुलसा आचार्य, केशव कार्की, ज्ञानेन्द्र नेपाल, प्रदीप पराजुली, विराज लुइँटेल, प्रवीण साह, पर्शु खतिवडा लगायतका विभिन्न संघसंस्थामा आवद्ध साथै सर्जक-कलाकार महानुभावको उल्लेख्य सहभागिताले कार्यक्रमको शोभा बढेको प्रस्तोता घिमिरेले जानकारी दिए।