इन्द्रपुर जेसिजको पदस्थापन सम्पन्न

<span class='c1'>इन्द्रपुर जेसिजको</span> <span class='c2'>पदस्थापन सम्पन्न</span>

सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा स्थित इन्द्रपुर जेसिजको २२औं तथा इन्द्रपुर जुनियर जेसिजको ६ औं पदस्थापन समारोह सम्पन्न भएको छ ।

कार्यक्रम इन्द्रपुर जेसिज मंगल स्मृति प्रतिष्ठान सामुदायिक भवनमा भएको थियाे । पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसिज वर्ष २०२३ की अध्यक्ष विना सुवेदी आर्चायले वर्ष २०२४ का अध्यक्ष उत्सव थापालाई चेन सहित जेसिजकाे पदभार हस्तान्तरण गरेकी थिइन् ।

त्यसैगरी जुनियर जेसिज वर्ष २०२३ का अध्यक्ष रिकेश भण्डारीले वर्ष २०२४ का अध्यक्ष मदन भण्डारीलाई पदभार हस्तान्तरण गरे । पदस्थापन कार्यक्रममा वर्ष २०२४ का अध्यक्ष थापाले आफनो कार्यकालमा नेतृत्व तथा व्यक्तित्व विकासमा मद्धत पुग्ने गतिविधिहरूलाई प्राथमिकतामा राखेर जेसिजकाे आस्था र विश्वास अनुसार काम गर्ने उल्लेख गरे ।

पदस्थापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यता रहेको थियाे । कार्यक्रममा कोशी प्रदेशका पूर्व राज्यमन्त्री राजकुमार ओझा ,कोशी प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी , सुन्दरहरैँचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाई , पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल ,नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष भिम कुँवर तथा विभिन्न स्थानका जेसिज अध्यक्षहरू लगायतका अतिथीहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्