विराटनगर १८ बाट परालमा लुकाएर राखेको ४५ केजी गाँजा बरामद

<span class='c1'>विराटनगर १८ बाट परालमा लुकाएर</span> <span class='c2'>राखेको ४५ केजी गाँजा बरामद</span>

विराटनगर । खेतमा रहेको परालभित्र लुकाई छिपाई राखेको ४५ केजी भन्दा बढी गाँजा मोरङ प्रहरीले बरामद गरेको छ ।

विराटनगर महानगरपालीका १८ झटियाई मुसरी टोल नयाँ बस्तीमा रहेको खेतमा राखेको परालभित्रबाट प्रहरीले ४५ केजी गाँजा बिहीबार बिहान बरामद गरेको हो ।

विशेष सुराकी पाएको आधारमा बुधनगर चौकीबाट खटिएका प्रहरी बरिष्ठ हल्लार महेन्द्र खड्काको नेतृत्वमा पुगेको टोलीले विराटनगर १८ बस्ने १९ वर्षीय नन्दु यादवलाई समेतलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय रानी विराटनगरको नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्