कटहरी गाउँपालिकाका ४० जना कृषकलाई तुलसी खेती सम्बन्धी तालिम

<span class='c1'>कटहरी गाउँपालिकाका ४० जना कृषकलाई</span> <span class='c2'>तुलसी खेती सम्बन्धी तालिम</span>

विराटनगर । मोरङको कटहरी गाउँपालिकाका कृषकलाई तुलसी सम्बन्धी २ दिने तालिम प्रदान गरिएको छ ।

उत्पादन भएको तुलसी स्थानीय स्थरमै सहज रुपमा बिक्री वितरण हुने सुनिश्चित भएपछि उनीहरुलाई कटहरी गाउँपालिकाले तालिम प्रदान गरेको हो ।

पहिलो चरणमा कटहरीका ४० जना कृषकहरुलाई तुलसी खेती सम्बन्धी तालिम बिहीबारबाट प्रदान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत मनोज साहले जानकारी दिए ।

कृषकहरूलाई गाउँपालिकाले अनुदान दिएसँगै कृषकहरु पनि तुलसी खेतीतर्फ आकर्षित देखिएका छन् । गाउँपालिकाले आफ्नो पालिकाभित्र तुलसी खेती गर्ने किसानलाई प्रतिकट्ठा ३ हजार अनुदान दिने चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको प्रशासकीय अधिकृत साहले बताए ।

पालिकाले बजेट सुनिश्चिता गरेपछि कृषकले उत्पादन गरेको तुलसी खेती प्रतिकेजी १ सय १० रुपैयाँ केजी कटहरी ५ मा खुलेको श्री गुरास हर्वास्युटिकल्स प्रालिले खरिद गर्नेछ । यहाँका कृषकले उत्पादन गरेको तुलसीको सुकेको पात र त्यसको डाठ र जरासमेत उक्त उद्योगले खरिद गर्ने गरि गाउँपालिकाले पुस १३ गते सम्झौता गरेको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताए ।

व्यवसायिक रुपमा तुलसी खेती कसरी गर्ने र यसबाट आत्मनिर्भर कसरी बन्ने भन्ने विषयमा पालिकाले यहाँका कृषकहरुलाई तालिम पनि दिन सुरू गरेको गाउँपालिका अध्यक्ष चौधरीले जानकारी दिए ।

तालिममा सिकेको ज्ञान व्यवसायीक खेतीमार्फत कृषकहरुले देखाउने अपेक्षा गरिएको पालीकाले अपेक्षा राखेको छ । पालिकाले चालु आर्थिक वर्षमा २ लाख १५ हजार रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्