दिल्ली पब्लिक स्कुलमा खेल सप्ताह कार्यक्रम सम्पन्न

<span class='c1'>दिल्ली पब्लिक स्कुलमा खेल</span> <span class='c2'>सप्ताह कार्यक्रम सम्पन्न</span>

विराटनगर । विराटनगरमा रहेको दिल्ली पब्लिक स्कुलले विभिन्न खेलकुद प्रतियोगिता गरी बार्षिक कार्यक्रम अन्तर्गत ‘खेल सप्ताह २०८०’ मनाएको छ ।

स्कुलले प्रत्येक वर्ष झैँ यस वर्ष पनि विभिन्न कार्यक्रम गरी अभिभावकको उपस्थितिमा ‘खेल सप्ताह २०८०’ मनाएको हो ।

स्कुलले विद्यालय परिसरमा विद्यार्थीहरुलाई सर्वाङ्गीण सिकाई, अनुशासन तथा शारीरिक विकास आदिलाई लक्षित गरि विभिन्न खेलकुद कार्यक्रम मार्फत प्रस्तुतिकरण गर्ने उदेश्यले सप्ताव्यापी स्पोर्ट्स मिट गरेको थियो । विद्यार्थीहरुले अभिभावकहरुको उपस्थितिमा नृत्य तथा गायन समेत प्रस्तुत गरेका थिए । खेल सप्ताह अन्तर्गत बल ब्यालेन्सिङ ,रिङ रेस, बल संकलन ,टग अफ वार, १ सय र २ सय मिटर रिले दौड लगायत अभिभावकहरुलाई समेत खेल प्रतियोगितामा समावेश गराएको थियो ।

कार्यक्रममा खेलकुद महासंघको केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि पढाइ र अनुशासन संगै खेलकुद पनि आवश्यक रहेकोले यस्तो कार्यक्रम आयोजना गरि राख्नुपर्नेमा जोड दिए ।

स्कुलले विद्यार्थीहरुलाई पढाईका अतिरिक्त विभिन्न खेलकुद प्रतियोगिता गराउदै आएको स्कुलका प्रिन्सीपल भिम बहादुर लिम्बुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्