पाँच महिनापछि कोशी प्रदेशसभाले पायो सभामुख

<span class='c1'>पाँच महिनापछि कोशी</span> <span class='c2'>प्रदेशसभाले पायो सभामुख</span>

विराटनगर । राप्रपा सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । मंगलबार कोशी प्रदेशसभाको बैठकबाट उनी निर्विरोध निर्वाचित भएका हुन् ।

सत्तारुढ गठबन्धनको समर्थनमा उम्मेदवार बनेका विष्टलाई एमालेले पनि समर्थन गरेपछि मतदान प्रक्रिया भने जानू परेन । तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनयाता कोशी प्रदेश सभामुख बिहिन थियो ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक छ । वर्तमान सरकार जोगाउन सभामुख पद नेकपा एमाले र राप्रपा मध्ये एउटालाई बुझाउनु पर्ने बाध्यता गठबन्धनलाई थियो ।

गठबन्धन दलसँग ४७ सांसद मात्रै छन् । सरकार जोगाउन गठबन्धनले राप्रपालाई सभामुख दिएको हो । सत्ता गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकिकृत समाजवादी पार्टीका ४ र जसपाको एक सांसद छन् । प्रतिपक्षमा ४० सिटको एमाले र ६ सांसद रहेको राप्रपा छ । यी सबैको समर्थन राप्रपाले सभामुख पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्