राेट्रयाक क्लबले बृद्धाश्रममा ख्वायाे दर

<span class='c1'>राेट्रयाक क्लबले बृद्धाश्रममा</span> <span class='c2'>ख्वायाे दर</span>

रोट्रयाक क्लब अफ बिराटनगर डाउनटाउनले हिजाे विराटनगर १२ स्थित बिराटेश्वर वृद्ध आश्रममा बिभिन्न कार्यक्रमका साथ तिज शुभकामना आदाप्रदान कार्यक्रमका साथै दर कार्यक्रमको आयोजना गरेकाे छ । कार्यक्रमका प्रमुख अथिती रोटरीयन बेनिगोपाल मुन्दराले हरीतालिका तिजको वारेमा आश्रममा अवस्थित सम्पुर्णलाई शुभकामना दिदै उक्त क्लबलाई यस्ता कार्यक्रमलाइ निरन्तरता दिन सुझाव दिनु भयो । साथमा आश्रमका अध्यक्ष श्री जगत अर्यालले विगत केहि वर्ष देखी उक्त क्लबले यता कार्यक्रमहरु उक्त आश्रममा गरिरहेकोमा क्लबका  अध्यक्ष नबिन भट्टराई र क्लबलाई धन्यवाद ज्ञापन गर्नुभयो । र अन्त्यमा अध्यक्ष भट्टराईले कार्यक्रमलाई सफल वनाउन सहयोग गरिदिनू भएकोमा महाविर अटो मोवाईल्सका संचालक महेश शर्मा लगायत अन्य सहयाेगीहरुलाई धन्यवाद दिदै दर कार्यक्रमको शुरुवात गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्