अपहरित बालकको विराटनगरबाट सकुशल उद्धार, तीजना पक्राउ

<span class='c1'>अपहरित बालकको विराटनगरबाट सकुशल</span> <span class='c2'>उद्धार, तीजना पक्राउ</span>

विराटनगर । बालक अपहरणमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिकाबाट मंगलबार अपहरित बालकलाई सकुशल उद्धार गरिएको हो ।

अपहरणमा परेका १० वर्षीय धनीधर राजवंशीलाई प्रहरीले विराटनगर महानगरपालिका-१५ बाट उद्धार गरेको हो । उनी जहदा-१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार साथीहरूसँग खेल्न गएका बेला धनीधर अपहरणमा परेका थिए ।

पक्राउ पर्नेमा जहदा-१ का २० वर्षीय अभिषेक यादव, १९ वर्षीय मिथिलेशकुमार यादव र विराटनगर महानगरपालिका-१८ का २१ वर्षीय विवेकानन्द यादव छन् । मोरङकै भाथीगछ पुर्याएपछि स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि खटिएको प्रहरी टोलीले बालकको उद्धार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्