एएफसी गोलकिपिङ ‘ए’ लाइसेन्स हासिल गर्ने पहिलो नेपाली बने विराटनगरका मनिष

<span class='c1'>एएफसी गोलकिपिङ ‘ए’ लाइसेन्स हासिल गर्ने</span> <span class='c2'>पहिलो नेपाली बने विराटनगरका मनिष</span>

विराटनगर । विराटनगरका मनिष तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स हासिल गर्ने पहिलो नेपाली बनेका छन् ।

नेपाली गोलकिपिङ प्रशिक्षक तिम्सिनाले मलेसियाली फुटबल एसोसिएसनले आयोजना गरेको कोर्समा लाइसेन्स हासिल गर्दै पहिलो लाइसेन्स पाउने नेपाली बनेका हुन् ।

तीन वर्षदेखि आइलिग क्लब गोकुलम केरलाको गोलकिपर प्रशिक्षक रहेका तिम्सिना कलिंगा सुपर कपका लागि टोलीसँग ओडिशामा छन् । आइ लिगमा आवद्ध हुने उनी पहिलो नेपाली प्रशिक्षक समेत हुन् ।

त्यसैगरी मनिषले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा गत वर्ष मनाङ मर्स्याङदी क्लबको गोलकिपर प्रशिक्षकका रूपमा काम गरेका थिए । एन्फा एकेडेमी धरानका उत्पादन तिम्सिनाले खेलाडीका रुपमा थ्री स्टार, रानीपोखरी कर्नर टिम (आरसिटी), हिमालयन शेर्पा, बाँसबारी, स्वयम्मु, ब्रिगेड ब्वाइजबाट व्यवसायीक फुटबल खेलेका छन् ।

पूर्वाञ्चलबाट पाँचौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका तिम्सिना दश वर्षयता प्रशिक्षणमा संलग्न तिम्सिनाले नेपाली यु-१५ राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकको भूमिका पनि निर्वाह गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्