कटहरीको दोस्रो गाँउसभाको चौथो अधिवेशन सम्पन्न,आर्थिक बर्षमा १० करोड बढी बेरुजु फछ्र्यौट

<span class='c1'>कटहरीको दोस्रो गाँउसभाको चौथो अधिवेशन सम्पन्न,आर्थिक</span> <span class='c2'>बर्षमा १० करोड बढी बेरुजु फछ्र्यौट</span>

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बेरुजु फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ ।
६ वर्षमा जम्मा १४ करोड ११ लाख ७५ हजार बेरुजु रहेको मध्ये आर्थिक वर्षमा २०७७÷०७८ मा १० करोड ८४ लाख ३० हजार रुपैयाँ फछ्र्यौट भएको छ । अब बेरुजु फछ्र्यौट हुन ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बाँकी रहेको बिहीबार भएको कटहरी गाउँपालिकाको दोस्रो गाउँसभाको चौथो अधिवेशनमा जानकारी गराएको हो ।

कटहरीमा सबैभन्दा बढी बेरुजु आर्थिक वर्ष २०७८÷०७९ मा देखिएको छ । आर्थिक वर्षमा १ करोड ८५ लाख ९९ हजार ३३२ रुपैयाँ बेरुजु छ । यसैगरी ०७३÷०७४ मा १३ लाख ३७ हजार १२८ रुपैयाँ, ०७४÷ ०७५ मा ७ लाख ४१ ह्जार ५५३ रुपैयाँ, ०७५÷०७६ मा १४ लाख ९२ हजार ७ सय ९ रुपैया, ०७६÷०७७ मा ३७ लाख ४० हजार ३१९ रुपैयाँ, ०७७÷०७८ मा ७९ लाख ४६ हजार ५३५ रुपैयाँ बेरुजु रहेको गाउँपालिकाले गाउँसभामा जानकारी गराएको छ ।
बेरुजु देखिएको मध्ये लाखौं रुपैयाँ असुल गरी दालिखा गराउनु पर्ने पनि माहालेखा परीक्षकको कार्यालयले औल्याएको छ । कटहरी गाउँपालिकाका तत्कालिन अध्यक्ष रामकुमार कामत रहेको बेला दुई जना व्यक्तिले खाना खाएको मात्रै २९ हजार ८८ रुपैयाँ बिल पेश गरिएको थियो ।


उक्त बिल भुक्तानी गर्न नमिल्ने भनी असुल उपर गर्ने भनि महालेखा परीक्षकको कार्यालयले बेरुजुमा राखिएकोछ । यसैगरी आर्थिक वर्ष ०७३÷ ०७४ मा कटहरी गाउँपालिका एक व्यक्तिले रिजार्च तथा विविध बिल राखी ४० हजार रुपैयाँ भुक्तान लिएका थिए । कन्टीजन्सीबाट भुक्तानी गर्न नमिल्ने भएकाले असुल उपर हुनुपर्ने भन्दै मलेपले बेरुजुमा राखेको छ । यस्तै तत्कालिन गाउँपालिका अध्यक्ष रामकुमार कामत र उपाध्यक्ष मंजिता कुमारी सरदारको भ्रमण खर्च भुक्तानी गर्दा बोडिङ पास संलग्न नभएको पाइएपछि १७ हजार ७ सय रुपैयाँ बेरुजु राखी असुल उपर गर्न महालेखाले भनेको छ ।


कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले कटहरी गाउँपालिकाले बेरुजु घटाउन लागि परेको बताउनुभयो । आर्थिक वर्ष मात्र १० करोड बढी बेरुजु फछ्र्यौट गरिएको उहाँले जानकारी दिनभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्