अमेरिकन डलर देखाई ठगी गर्ने एक व्यक्ति पक्राउ

<span class='c1'>अमेरिकन डलर देखाई ठगी</span> <span class='c2'>गर्ने एक व्यक्ति पक्राउ</span>

काठमाडौं । अमेरिकन डलर देखाई ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन् ।

प्रहरीले दक्षिणकाली नगरपालिका-५, नारायणथानबाट अमेरिकन डलरसँग सटही गर्ने भन्दै ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ निगालेका कुमार तामाङ भनिने हस्तबहादुर तामाङलाई पक्राउ गरेको हो ।

तामाङले गोदावरी नगरपालिका-९ का विजय कुँवरलाई ठगेका थिए । तामाङले आफूसँग ८ हजार डलर रहेको भन्दै नेपाली पाँच लाख रुपैयाँ दिए सो डलर उपलब्ध गराउने भनेर पाँच लाख रुपैयाँ लिएको र सुरुवमा ५० दरका अमेरिकन डलर दिई बाँकी भित्र छ भनेर दिएर फरार भएको प्रहरीको भनाइ छ । तर कुँवरले भने बाहिर ५० दरका अमेरिकन डलर राखेको र भित्र भने नेपाली २० रुपैयाँका २४० वटा नोटहरु राखेर दिएको आरोप लगाएका छन् ।
कुँवरले कीर्तिपुर प्रहरीमा दिएको जाहेरीका आधारमा प्रहरीले तामाङलाई पक्राउ गरेको काठमाडौंका एसपी कमोद ढुंगेलले जानकारी दिए ।

प्रहरीले तामाङको साथबाट ५० दरको अमेरिकन डलर १ थान र २० दरको नेपाली नोट २४० थान बरामद गरेको छ । तामाङलाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्