यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई निजामती सेवामा आरक्षण माग्दै रिट दर्ता

<span class='c1'>यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई निजामती</span> <span class='c2'>सेवामा आरक्षण माग्दै रिट दर्ता</span>

काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय संवैधानिक अधिकार माग्दैै सर्वोच्च अदालत पुगेका छन् । मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डे सहित चार जनाले संविधानको धारा ४२ कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।

संविधानको धारा ४२ मा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समानुपातिक समावेशी सिद्धान्त अनुसार राज्यका निकायमा प्रतिनिधित्वको हक हुने व्यवस्था छ । संविधान जारी भएको ८ वर्ष सम्म लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय संवैधानिक हक पाउनबाट बञ्चित रहेको उनीहरूको गुनासो छ ।
राज्यका निकायमा आफ्नो समुदायको प्रतिनिधित्व गराउन पहिलो संविधानसभा सदस्य सुनिलबाबु पन्तको अग्रसरतामा सर्वोच्चमा रिट दर्ता भएको हो ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, कानुन मन्त्रालय, सङ्घीय संसद् र लोक सेवा आयोगलाई विपक्षी बनाइएको छ ।

रिटमा ‘निजामती सेवामा समावेश हुन पाउने व्यवस्थाको लागि कानुनमा संशोधन वा परिमार्जन वा थपघट गर्नको लागि विपक्षीहरूका नाममा परमादेश लगायतको उपयुक्त आदेश जारी गरी हक प्रचलन गरी पाउँ’ भनिएको छ ।
रिट निवेदक समलिङ्गी पुरुष सुरेन्द्र पाण्डे, पवन राई, समुयल मुलीचा सुनुवार मुखिया र तेस्रोलिंगी महिला त्रैलोक्य श्रेष्ठले संयुक्तरुपमा रिट दर्ता गराएका छन्। निवेदकहरूले आफूहरू यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सदस्य रहेको भन्दै समाजमा आफूहरूमाथि लक्षित रूपमा रहेको घृणा, बहिष्करण र तिरस्कारका कारण आफ्ना सदस्यहरू खुलेर मुलधारमा आउन सक्ने अवस्था नभएको जनाएका छन् ।

संविधानको धारा ४७ ले मौलिक हकको कार्यान्वयनमा संविधान प्रारम्भ भएको तीन वर्ष भित्र कानुनी व्यवस्था गर्नु भनी सीमा तोकेको छ । तर सरकारले अझैपनि सविधानबमोजिमका दर्जनौँ कानूनहरू निर्माण र संशोधनमा ध्यान पुर्‍याएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्