काठमाडौं । एएफसी एशियन कप फुटबलमा उज्वेकिस्तान र सिरियाले अंक बाँडेका छन् । शनिबार राति भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै एक-एक अंक बाँडे ।
सिरियाविरुद्ध उज्वेकिस्तानले बल पोसेसन ६४ प्रतिशत राखे पनि गोल गर्न भने असफल हुँदा एक एक अंकमा चित्त बुझाएका हुन् । उज्वेकिस्तानका ओटाबेक शुकरोवले खेल सुरु भएको पहिलो मिनेटमै गरेको प्रहार खेर गएको थियो । त्यसैगरी छैटौं मिनेटमा इब्राहिम हेसरको प्रहार खेर जाँदा सिरियाले गोल गर्ने अवसर गुमाएको थियो ।
१९ औं मिनेटमा होजिमत एर्किनोवले गरेको प्रयास खेर जाँदा उज्वेकिस्तानले मौका गुमाउन पुग्यो । ४४ ओं मिनेटमा सिरियाका पाब्लो साबागको पासमा एजेकिएल हैमले गरेको प्रयास पनि सफल भएन । खेल अवधिभर उज्वेकिस्तानले ४ पटक टार्गेट गर्दा सिरियाले २ पटक गरको थियो ।
यो नतिजासँगै समूह बीमा अस्ट्रेलिया ३ अंकका साथ शीर्ष स्थानमा रहँदा सिरिया र उज्वेकिस्तान १-१ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । भारत भने अस्ट्रेलियासँग पराजित हुँदा अंक जोड्न सकेको छैन । एफसी एशिया कप अन्तर्गत आज पनि ३ वटा खेल हुने छन् ।
नेपाली समय अनुसार समूह बीका युएई र हङकङकले राति सवा ८ बजे खेल्दा सवा नै बने इरान र प्यालेस्टाइन आमने सामने हुने छन् ।
यस्तै समूह डीमा रेको जापान र भियतनामको खेल सवा ५ बजे सुरु हुने छ ।