झापाको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भिर घाइते

<span class='c1'>झापाको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन</span> <span class='c2'>विस्फोट हुँदा एक जना गम्भिर घाइते</span>

झापा । बिर्तामोड नगरपालिकाको वडा नम्बर- ७ मा रहेको वेल्स मोडल स्कुलमा बेलुन फुलाउने मेशिन विस्फोट हुँदा एक जना गम्भिर घाइते भएका छन् ।

स्कुलले आज आयोजना गरेका खेलकूद कार्यक्रमको सजावटका लागि बेलुन फुलाउन प्रयोग गरिएकोे हाइड्रोजन ग्यास भरिएकोसो सिलिन्डर विस्फोट हुँदा अन्दाजी ५० वर्षका भारतीय नागरिक घाइते भएको प्रहरीले जनाएको छ ।

उनको उपचारको लागि विएण्सी मेडिकल कलेज पठाइएको छ । घाइतेको अवस्था चिन्ताजनक रहेको सो वडाका वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए । वडा अध्यक्ष खरेलका अनुसार घाइतेको कम्मर मुनिको भाग क्षतबिक्षत् अवस्थामा छ । विस्फोटबाट उनको खुट्टा चुँडिएर झरेको छ । उनको नाम भने खुलेको छैन ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्