रक्सीमा अखाद्य वस्तु मिलाएर बनाउने गरेको खुलसा, स्थानीयवासीद्धारा रोक्न माग

<span class='c1'>रक्सीमा अखाद्य वस्तु मिलाएर बनाउने</span> <span class='c2'>गरेको खुलसा, स्थानीयवासीद्धारा रोक्न माग</span>

विराटनगर । घरेलु रक्सीमा अखाद्य वस्तु मिसाएर बेच्न गरेको थाहा पाएपछि स्थानीयवासीद्धारा तत्काल रोक्न माग गरेका छन् । विराटनगर १८ स्थित डघरा टोलमा घरेलु मदिरामा अखाद्य बस्तु लगाएर रक्सी बनाउने गरेको भेटिएपछि स्थानीयवासीले तत्काल रोकिदिन माग गरेका हुन् ।


नेपाल भारतको सिमानामा पर्ने उक्त वस्तीमा अधिकासले घरेलु मदिरामा महिलाहरुले प्रयोग गरिसकेको भित्रि वस्त्र लगायत पुराना जुत्ताचप्पल मिसाएर रक्सी बनाउने गरेको स्थानीयवासले बताएका छन् । विराटनगर १७ र १८ का स्थानीय समाजसेवी , बुद्धिजिवी , राजनितिक दलका प्रतिनिधी लगायत स्थानीय युवाहरु भेला भई वडा कार्यलयलाई ज्ञापन पत्र समेत बुझाएका छन् । सो क्षेत्रमा भएको गतिविधीलाई तत्काल हटाउनु पर्ने भनि विभिन्न बोधार्थसहित विराटनगर वडा नम्बर १८ का वडा अध्यक्ष जितेन्द्र साहलाई ज्ञापन पत्र बुझाएका छन् । सो वस्तीमा भएको यस प्रकारको गतिविधी रोक्नको लागि जनचेतना मुलक कार्यक्रम गरी निर्मुल बनाउदै जाने वडा अध्यक्ष साहले बताउनुभयो ।


डगरा वस्तीमा मात्रै हैन दक्षिणक्षेत्रमा अखाद्य बस्तु मिसाएर बनाउने घरेलु मदिरालाई निस्तेज बनाउने साहले उद्घोष गर्नुभयो । घरेलु मदिरा सेवन गरेर छिमेकी आपस विच झै—झगडा हुने, धनजनको क्षतिसंगै मानव स्वास्थ्यमा समेत ठुलो असहर पार्ने तत्वहरुलाई तत्काल रोक्ने वडा कार्यलयले जनाएको छ ।
यघि अखाद्य घरेलु मदिरा पिउ कै कारण ३ जनाको अकाल मै ज्यान गईसकेको स्थानीय समाजसेवी सत्यनारायण साहले बताउनुभयो । घरेलु मदिरामा युरिया मल , पुराना हवाई चप्पलका टुक्रा , सुर्तिजन्य वस्तुको धुलो लगाएर बनाउने गरेको साहले खुलासा गर्नुभयो ।

यसरी घरेलु रक्सीमा अखाद्य बस्तु मिसाएर बनाउन थालेपछि धेरै जना विरामी भएको अर्का एक स्थानीयवासी मो.ईसराइलले बताउनुभयो । अखाद्य बस्तु मिसाएको रक्सी पिएर छरछिमेकमा समेत हो हल्ला गरी झगडा समेत हुने गरेको इसराइलको भनाई छ । ‘हामीले यस अघि मौखिक रुपमा पनि वडा कार्यलयलाई जानकारी गराएको इसराईले भन्नुभयो — अहिले पुन:लिखित रुपमा नै वडा अध्यक्षलाई निवेदन दिएका छौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्