मोरङ र तेह्रथुममा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु

<span class='c1'>मोरङ र तेह्रथुममा सवारी दुर्घटना</span> <span class='c2'>हुँदा ४ जनाको मृत्यु</span>

विराटनगर । कोशी प्रदेशका दुई जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मोरङ र तेह्रथुम जिल्लाका तीन छुट्टाछुट्टै स्थानमा बुधवार भएको सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको हो ।

मोरङको पथरी शनिश्चरे नगरपालिका-१ मा को-१ ख ७८३५ नम्बरको बसले प्रदेश १-०१-००२ ह ११४८ नम्बरको सिटी सफारीलाई ठक्कर दिंदा घाइते भएकी सफारीमा सवार ८० वर्षीया हस्तमाया गुरुङको मृत्यु भएको हो ।

मोरङकै सुन्दरहरैँचा नगरपालिका-८ मा प्रदेश १-०१-००१ च ९६३२ नम्बरको स्कारपियो र प्रदेश १-०२-०४६ प २५२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा मोटरसाइकल चालक बेलवारी नगरपालिका-२ का २२ वर्षीय रुपक घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, तेह्रथुमको लालीगुराँस नगरपालिका-७ मा को १ ख ५८२९ नम्बरको टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । काँडेबाट लसुनेतर्फ जाँदै गरेको रोड कन्ट्रक्सन काँडेको टिपर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

उक्त दुर्घटनामा परी कन्ट्रक्सनमा कार्यरत झापाको मेचीनगर नगरपालिका-१५ का २३ वर्षीय सुगम चौधरी र सिन्धुपाल्चोकका २४ वर्षीय साजु श्रेष्ठको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्