कृषि विकास कार्यालय मोरङले कृषकहरुको लागि मोबाइल एसएमएस सेवा संचालन

<span class='c1'>कृषि विकास कार्यालय मोरङले कृषकहरुको</span> <span class='c2'>लागि मोबाइल एसएमएस सेवा संचालन</span>

बिनु तिम्सिना

जिल्ला कृषि विकास कार्यालय मोरङले कृषकहरुको लागि मोबाइल एसएमएस सेवा संचालन गरेको छ ।

कार्यालयले कृषि सम्बन्धी सुचनाहरु मोबाएल एसएमएस मार्फत कृषकहरुलाइ दिन थालेपछि कृषि सम्बन्धी समस्या लिएर कार्यालय नै धाउनु पर्ने समस्याको अन्त्य भएको छ । कार्यालयले कृषकहरुको कृषि सम्बन्धी विभिन्न गुनासाहरुको सहजै समाधान गर्ने र विभिन्न सुचनाहरु कृषकहरु समक्ष पुर्याउने उद्देश्यले यसै हप्तादेखी मोबाइल एसएमएस सेवा संचालनमा ल्याएको कार्यालय प्रमुुख राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो । कार्यालय संग मोबाइल नम्वर मार्फत जोडिएको सवै किसानले सेवा पाइ रहेका छन । किसानले लगाएको वालीमा रोग किराको प्रकोप बढ्यो वा सिचाइ सम्बन्धी किसानका गुुनासोको समाधान कसरी हुुन्छ भने जानकारी एसएसएस मार्फत किसानलाइ जानकारी गराइने जनाइएको छ । कार्यालयले अहिले धानमा लागेको पहेलो रोगको निराकरण तथा साना सिचाइको सुुचना एसएमएस गरेर किसानलाई पठाउने गरेको छ । जिल्लाका तिन सय ५० जना किसानले यो सुुविधा पाइरहेको कार्यालयले जनाएको छ । कार्यालयसंग भएको किसानको नम्वरमा मात्र एसएमएस पठाउने सकिने भएकाले अन्य किसानहरुले कार्यालयमा आएर आफनो नम्वर दिइएमा त्यस्ता किसानलाइपनी यो सुुविधा प्रदानगर्ने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्