“मलको अभाव छैन ” – पूर्वाञ्चल क्षेत्रिय कृषि समाग्री कम्पनि लिमिटेड

<span class='c1'>“मलको अभाव छैन ” – पूर्वाञ्चल</span> <span class='c2'>क्षेत्रिय कृषि समाग्री कम्पनि लिमिटेड</span>

बिनु तिम्सिना

बिराटनगर भदौ २१

पूर्वाञ्चल क्षेत्रिय कृषि समाग्री कम्पनि लिमिटेडले पर्याप्त रुपमा रसायनिक मलको मौज्दात रहेकाले अभाव नभएको जनाएको छ ।
विराटनगरस्थित क्षेत्रिय कृषि समाग्री कम्पनि लिमिटेडको गोदाममा हाल युरिया ८ हजार ८ सय मेट्रिकटन, डिएपी ७ सय ५३ मेट्रिक टन र पोटास ५ सय टन मौज्दात रहेको छ । अहिले धानमा बढी मात्रामा युुरिया खपत हुुने भएपनि युरियाको मौज्दात प्रसस्त रहेको र आउने क्रम समेत जारी रहेको कार्यालयका सुुचाना अधिकृत केदारप्रसाद ढकालले जानकारी दिनुभयो । कार्यालयले पूर्वाञ्चलका १६ वटा जिल्लामा ५ सय ८१ वटा सहकारीहरुमार्फत मल विक्रि गर्दै आएको छ । अहिले दैनिक ३ सय ३५ मेट्रिक टन युुरिया, ७१ टन डिएपी, ५ टन पोटास विक्रि भइरहेको कार्यालयले जनाएको छ । कार्यालयले चालुु आर्थिक वर्षको पहिलो चौमासिकमा ७ हजार ९ सय मेट्रिक टन युुरिया, डिएपी ५ हजार २ सय ५० तथा पोटास ५ सय मेट्रिक टन विक्रि गर्ने लक्ष्य राखेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्