विराटनगरका एक युवाको भारत बथनाहमा हत्या भएको आशंका

<span class='c1'>विराटनगरका एक युवाको भारत</span> <span class='c2'>बथनाहमा हत्या भएको आशंका</span>

विराटनगर । विराटनगर–१० शान्तिचोक घर भएका रबिनकुमार रायको भारतको बथानाहमा हत्या भएको आशंका गरिएको छ ।

विराट दिव्या दृष्टी हस्पिटलका सञ्चालक समेत रहेका राय शनिबार साँझ भारत बिहार अररिया जिल्लाको बथनाहमा मृत भेटिएका थिए । रायका परिवारले उनको हत्या भएको दावी गरिरहेका छन् ।

गुण्डा परिचालन गरेर साझेदारको मिलेमतोमा हत्या गरिएको श्रीमती रानीकुमारी रायको आरोप छ। रायले दुई वर्ष अगाडी बथनामा इब्राहिमसँग मिलेर ५० शैय्याको हस्पिटल खोलेका थिए । हस्पिटल राम्रो चल्दै गएपछि रायले एकलौटी चलाउने योजना बनाए । त्यसपछि साझेदार इब्राहिमको १८ लाख भारतीय रुपैयाँ फिर्ता दिने सहमति भएको थियो । मतृक परिवारले रायको हत्यमा संलग्नलाई कारवाहीको माग राख्दै भारतीय प्रहरीमा पनि उजुरी दिएको बताएका छन् । पोस्मार्टमपछि रायको शव आइतबार राती विराटनगरमा ल्याएर सोमबार विराटनगरस्थित सिंघिया खोलामा दाहसंस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्