हुथी विद्रोही विरुद्धको अमेरिका र बेलायतको आक्रमण

<span class='c1'>हुथी विद्रोही विरुद्धको अमेरिका</span> <span class='c2'>र बेलायतको आक्रमण</span>

काठमाडौं । अमेरिका र बेलायतका सेनाले यमनस्थित हुथी विद्रोही विरुद्धको आक्रमणलाई तीब्र बनाएका छन् ।

अमेरिकी र बेलायती सेनाले सोमबार यमनमा हुथी विद्रोहीको स्थानमा आक्रमण गरेको पेन्टागनले जनाएको छ । अष्ट्रेलिया, बहराइन, क्यानडा र नेदरल्याण्डको सहयोगमा अमेरिकी र बेलायती सेनाले यमनका विभिन्न आठ स्थानमा आक्रमण गरेको छ ।

पेन्टागनका अनुसार अमेरिकी र बेलायती सेनाले भूमिगत भण्डारण साइटहरू र हुथीहरूको मिसाइल र निगरानी क्षमताहरू नष्ट गरेका छन् । हुथी विद्रोही इजरायलले गाजामा आक्रमण गरेपछि प्यालेस्टिनीको पक्षमा देखिएको छ । एक वरिष्ठ अमेरिकी सैन्य अधिकारीले करिब २५ देखि ३० पटक बम प्रहार गरिएको बताए ।

अमेरिकी अधिकारीहरूले यी आक्रमणहरूले हुथी विद्रोहीहरूको आक्रमण गर्ने क्षमतालाई कम गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्