विराटनगर । विराटनगरको न्यूनतम तापक्रम ७.८ डिग्रीमा झरेको छ ।
त्यसैले बिहीबारको तुलनामा शुक्रबार बढी चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार ८.६ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन गरेको थियो ।
अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । माथिल्लो तहमा चिसो बादल आएकाले मौसम पनि चिसिएको छ ।
त्यसैले पूर्वी तराईमा बिहानी पख हुस्सु र कुहिरो लागेको छ । मध्यान्हपछि क्रमशः खुल्दै जाने जनाइएको छ ।