राष्ट्रियसभा निर्वाचन बारे निर्वाचन आयुक्त : कोशीमा मद बदर, विराटनगरमा चियापान गलत

<span class='c1'>राष्ट्रियसभा निर्वाचन बारे निर्वाचन आयुक्त :</span> <span class='c2'>कोशीमा मद बदर, विराटनगरमा चियापान गलत</span>

विराटनगर । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा मत बदर हुनु, विराटनगरमा चियापान गरिनु र तीनजना मेयरले मतदान नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ११ माघमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउँदै प्रमुख आयुक्त थपलियाले मौन अवधिमा कोइराला निवास विरायटनगरमा गरिएको चियापानप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

कोइराला निवासमा काँग्रेस नेता शेखर कोइरालाले माघ १० गते चियापान आयोजना गरेका थिए । गठबन्धनका नेता–कार्यकर्ताले चियापान गरेपछि अर्को स्थानमा एमाले–राप्रपाका नेताहरु पनि आयोजना गरेर चियापान लिएका थिए ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ र धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले राष्ट्रिय सभा निर्वाचनमा मतदान गरेका थिएनन् । यस विषयमा समेत आयुक्तले गुनासो गरेका छन् । यसैगरी कोशी प्रदेशमा नेताले हालेको भोट बदर भएको चर्चा समेत चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्