विराटनगर । मोरङको बुढीगंगा गाँउपालिकामा रहेको ट्राफिक प्रहरी पोष्ट नेमुवाको विशेष पहलमा सिटी सफारी चालकहरुलाई ट्राफिक नियम सिकाइएको छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी चालकले अपनाउनु पर्ने सावधानी र ट्राफिक नियमको विषयमा जानकारी दिइएको हो ।
ट्राफिक प्रहरी पोस्ट निमुवाका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक (असइ) तुलामणि आचार्यले चालकहरुलाई सडक सुरक्षाका लागि अपनाउनु पर्ने ट्राफिक नियम र सवारी चालक अनुमतिपत्र अनिवार्य बनाउन अनुरोध गरिएको जानकारी दिएका छन् ।
बुढीगंगा ३ बाँसबारीस्थित खाली चोरमा चारसय सिटी सफारीका चालकलाई सवारी दुर्घटनाबाट जोगिन र जोगाउन अपनाउनु पर्ने सावधानीका बारेमा समेत जानकारी दिइएको असई आचार्यले जानकारी दिएका छन् ।