विराटनगरका समाजसेवी एवं उद्योगी गोयलद्वारा मानव सेवा आश्रमलाई ५ लाख बढी सहयोग

<span class='c1'>विराटनगरका समाजसेवी एवं उद्योगी गोयलद्वारा मानव</span> <span class='c2'>सेवा आश्रमलाई ५ लाख बढी सहयोग</span>

विराटनगर । विराटनगरका पुराना उद्योगी एवं वरिष्ठ समाजसेवी दीनवन्धु गोयलले मानव सेवा आश्रमलाई ५ लाख ११ हजार १ सय ११ रूपैयाँ सहयोग गरेका छन् । सडक सहयोगापेक्षी तथा आश्रित नागरिकको उद्धार गरेर राखिएको आश्रमको भवन बनाउन उद्योगी गोयलले मंगलबार चेक हस्तान्तरण गरेका हुन् ।

उद्योगी गोयलले रकमको चेक विराटनगरस्थित आश्रमका अध्यक्ष लीलाकुमार ढुंगेललाई हस्तान्तरण गरेका थिए । व्यक्तिगत रुपमा गोयलले गरेको यो सहयोग महत्वपूर्ण मानिन्छ । यसैगरी आश्रमलाई एक महिनाका लागि चाहिने खाद्यान्न समेत गोयलले उपलब्ध गराएका छन् । उनले मंगलबार मानव सेवा आश्रममा आश्रितहरुलाई भोजनका लागि सहयोग समेत उपलब्ध गराएका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले राज्यले मानव सेवाका लागि लिनुपर्ने दायित्वमा व्यक्तिगत तवरबाट उद्योगी गोयलले दिएको योगदान महत्वपूर्ण रहेको भन्दै कदर गरेका थिए । यसैगरी विराटनगर महानगरपालिका उपमेयर शिल्पा निराला कार्कीले महानगर र व्यक्तिगत रूपमा पनि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेकी थिइन् । महानगरपालिकाले आश्रम बसेको भवनको भडाका साथै अन्य सहयोग पनि गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्