मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट : विराटनगर र जहदा विजयी

<span class='c1'>मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट</span> <span class='c2'>: विराटनगर र जहदा विजयी</span>

विराटनगर । मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा विराटनगर क्रिकेट क्लब (बीसीसीए) र जहदा विजयी भएका छन् ।

पहिलो खेलमा बीसीसीएले युनाइटेड क्रिकेट क्लवलाई ७८ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको विसिसिएले निर्धारित २५ ओभरमा ४ विकेट गुमाई १ सय ५३ रन बनाएको थियो । जसमा म्यान अफ द म्याच राहुल चौधरीले ५५ रन बनाउँदा धीरज कामत अविजित ४६ रन बनाए । युनाइटेडका सुवास राय, अंकित मण्डल र रवानी अन्सारी समान १–१ विकेट लिए ।

१ सय ५४ रनको विजयी लक्ष पछ्याएको युनाइटेडले १८ दशमलव ४ बलमा सवै विकेट गुमाई ७५ रन बनायो । जस्मा यूनिक भट्टराईले २२ रन र सुरज श्रेष्ठले १० रनको योगदान दिए । विसिसिएका कृतिक कामतले ४ विकेट लिँदा अविशेक मण्डलले ३ विकेट लिए ।

दोस्रो खेलमा जहदा क्रिकेट एकाडेमीले कटहरी क्रिकेट क्लवलाई १० रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको जहदाले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई १ सय २२ रन बनाएको थियो । जस्मा म्यान अफ द म्याच सुमन राजवंशीले ३२ रन बनाउँदा त्रिलोक राजवंशीले १५ रन बनाए । कटहरीका अविशेक कामतले ३ विकेट लिँदा किशन कामतले २ विकेट लिए ।
१ सय २३ रनको विजयी लक्ष पछ्याएको कटहरीले २३ दशमलव ४ बलमा सवै विकेट गुमाई १ सय १२ रन बनायो । जस्मा श्रवणकुमार रायले सर्वाधिक २८ रनको योगदान दिए । जहदाका पाण्डव मण्डलले २ विकेट, विशाल मण्डल र राजेश कामतले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्