ग्रामथानमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

<span class='c1'>ग्रामथानमा सवारी दुर्घटना हुँदा</span> <span class='c2'>एक जनाको मृत्यु</span>

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-५ को भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सोमबार साँझ स्कुटरले पैदल यात्रीलाई ठक्कर दिंदा, पैदल यात्री स्थानीय ६५ बर्षीया हशनी देवी चौधरीको मृत्यु भएको हो ।

हरैचाबाट विराटनगर तर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प ५२२२ नम्बरको स्कुटरले अचानक ठक्कर दिंदा घाईते भएकी चौधरीको उपचारको क्रममा विराट नर्सिङहोम विराटनगरमा मृत्यु भएको छ।

ठक्कर दिने स्कुटर चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्