‘सुनसरी, मोरङ र झापाबारे जनमतसङ्ग्रह माग’

<span class='c1'>‘सुनसरी, मोरङ र</span> <span class='c2'>झापाबारे जनमतसङ्ग्रह माग’</span>

इटहरी। नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेपाली जनताका लागि ल्याइएको संविधान संशोधन गर्ने काम विदेशी मुलुकसँग होइन प्रमुख प्रतिपक्षी एमालेसँग सल्लाहबाट गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

प्रेस चौतारी नेपालले  आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख भट्टराईले राजनीतिक सौदाबाजीका रुपमा वर्तमान संविधानलाई गिजोलगाजल पार्ने प्रयास भइरहेको आरोप लगाउनुभयो ।

उहाँले केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले दुवै छिमेकी मुलुकसँग दौत्य सम्बन्ध स्थापित गर्दै दुवै मुलुकको ठूलो लगानी आकर्षित गर्ने प्रयास सफल भइरहेका बेला हठात् सरकार परिवर्तनले हाम्रो कूटनीतिक सम्बन्ध ज्यादै कमजोर बन्न पुगेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो –“सुनसरी, मोरङ र झापा कुन प्रदेशमा बस्ने हो भन्ने कुराको निक्र्यौल जनताले गर्ने भएकाले त्यसको टुङ्गो लगाउन जनमतसङ्ग्रहमा जानाको विकल्प छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्